News Portal

आईजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएका सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग

हिमालीसंचार संवाददाता
३१२ पटक

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेस सांसद शंकर भण्डारीले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्।

एमालेका उपमहासचिवसमेत रहेका गुरुङले शनिवार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका गुरुङलाई बर्खास्त गर्न माग गरेका हुन्।

उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनको प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भर्त्सना गर्दै प्रधानमन्त्रीले सञ्चार मन्त्रीलाई बर्खास्त गर्न आव्हान गर्दछु।’

शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि हुन आएमा यसको जिम्मेवार स्वयं सरकार र प्रधानमन्त्री हुने बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारमा भएका वा जिम्मेवार व्यक्तिले सत्य तथ्य बङ्गाएर समाजमा वितृष्णा फैलाउने र पार्टी पार्टीबीच सम्बन्ध नबिगार्न सबैलाई अनुरोध गर्दछु।’

सरकारका प्रवक्तासमेत रहेका गुरुङको यो अभिव्यक्ति विवादमा तानिएपछि प्रधानमन्त्री ओलीले पनि हिजो सोधपुछ गरेका थिए। प्रधानमन्त्रीले सोधपुछ गरेपछि आफूले महसुस गरेको बताएका थिए।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...