News Portal

बर्दघाट सुस्तापूर्वको कावासोतीमा ६८ लाखमा बनेको ‘भ्यू टावर’ दुर्व्यसनीको अखडा

हिमालीसंचार संवाददाता
२८८ पटक

नवलपरासी। बर्दघाट सुस्तापूर्वको कावासोतीमा ६८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यू टावर) बेवारिसे बनेको छ। कावासोती नगरपालिका-१ बालुवाडाँडामा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो।

टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र आयआर्जनमा वृद्धि हुने आशाले स्थानीयवासी खुशी भएका थिए। ३ वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने निकायका अभावमा अहिले बेवारिसे अवस्थामा पुगेको हो।

भ्यू टावर मद्यपान र धूमपान गर्नेको केन्द्र बन्न थालेको स्थानीय जितुमाया रानाले गुनासो गरिन्। उनका अनुसार सामान पनि धमाधम चोरी हुन थालेको छ।

भ्यू टावरका कारण असुरक्षा बढेको रानाले बताइन्। ‘अबेर रातिसम्म मदिरा सेवन गर्नेको समूह धेरै आउन थालेको छ’, उनले भनिन्, ‘कहिलेकाहीँ त दिउँसै पनि लट्ठिएर हिँड्दा स्थानीय बालबालिकालाई पनि डर हुने अवस्था सृजना भएको छ।’

कावासोती- १ का वडाध्यक्ष तबारक अहमद मियाँले भ्यू टावर बेवारिसे बनेको स्वीकार गरे। ‘तत्काल भ्यू टावर व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी नगरपालिकामा पहल गरिरहेको छु’, उनले भने ‘व्यवस्थित रूपमा भ्यू टावर सञ्चालन नहुँदा दैनिक आम्दानीको स्रोत गुमिरहेको छ।’

भ्यूटावरको वरिपरि पहिरो जान थालेपछि आर्थिक वर्ष २०७९/८० मा १० लाख बजेट विनियोजन गरी नगरपालिकाले ‘कम्पाउण्ड वाल’ लगाउन सुरु गरेको थियो। चालु आवमा पनि कम्पाउन्ड वाल निर्माणका लागि रु १० लाख रकम विनियोजन गरिएको छ।

भ्यू टावर व्यवस्थापन र नियमित सञ्चालनका लागि नगरपालिकाले प्राथमिकतामा राखेको कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए।

समुद्री सतहबाट झण्डै ८०० मिटर उचाइमा रहेको भ्यू टावर पूर्वपश्चिम राजमार्गको फलफूलचोकबाट ११ किलोमिटरको दूरीमा पर्छ। यस क्षेत्रबाट जिल्लाका अधिकांश भूभागसँगै चितवनसहित भारतीय क्षेत्रसमेत देख्न सकिन्छ। (रासस)

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...