News Portal

एआइजी श्याम ज्ञावालीमाथि पदीय दुरुपयोगको आरोपमा छानबिन सुरु

टपेन्द्र कार्की
३४८ पटक

काठमाडौँ। नेपाल प्रहरीका उच्च अधिकारीहरूले राजनीतिक हिमचिम बढाएको र प्रहरी प्रशासनमा रहेका बेला चेनअफ कमाण्ड तोड्दै पदीय दुरुपयोग गरेको आरोप लगाएर एआइजी श्याम ज्ञावालीमाथि छानबिन सुरु गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत ज्ञावालीलाई हटाएर अर्को व्यक्ति पठाउने उदेश्यका साथ छानबिन सुरु गरिएको हो।

‘म माथि सुनियोजित मिडिया आक्रमण हो प्रहरी प्रधान कार्यालयको कुनै कलुषित मनशाय देखिँदैन’, आफूमाथि छानबिन सुरु भएपछि एआइजी ज्ञावालीले भने।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा रहेका ज्ञावालीमाथि आइजीपीको सचिवालयमा एक दर्जनबढी बेनामे उजुरी परेको त्यो उजुरीलाई फस्र्योट गर्नका लागि पनि छानबिन समिति बनाएको प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।

एआईजी ज्ञवालीले पदीय दुरुपयोग गरेको प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राईको नेतृत्वमा छानबिन गरेको हो।

सुन तस्करी सम्बन्धी छानबिन आयोगले दिएको प्रतिवेदनको आधारमा तत्कालिन गृहमन्त्री रवि लामिछानेले तत्कालिन सिआइबी प्रमुख एआइजी किरण बज्रचार्यलाई हटाएर ज्ञावालीलाई पठाएका थिए।

सुन तस्करीको सफल अनुसन्धान गरेकी बज्रचार्यलाई हटाएको र कारवाही गरेको विषयमा सर्वत्र विरोध भयो।

सुन तस्करीको विषयसँग ज्ञावालीको अनुसन्धान नजोडिएको तर चेनअफ कमाण्ड उल्लंघन गरेको, अनुसन्धानमा बद्नीयत राखेको र सेञ्चुरी बैकको कर्जा हिनामिना प्रकरणमा आरोपीसँग अस्वाभाविक चलखेल गरेको आरोप लगाइएको छ।

‘उहाँको सम्बन्धमा परेको उजुरीलाई प्रहरी प्रधान कार्यालयले छानबिन गरेर चाडै नै गृहमा उजुरी फस्र्योटको रिपोर्ट बुझाउनुपर्ने भएकाले पनि छानबिन सुरु गरिएको हो’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने।

प्रहरीका एक अधिकारीका अनुसार राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेको आरोप पनि उनीमाथि लागेको छ। यद्यपि उनले को सँग कहिले भेटघाट गरेका थिए भन्ने बारेमा केही खुलाइएको छैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...