News Portal

  • एआइजी श्याम ज्ञावालीमाथि पदीय दुरुपयोगको आरोपमा छानबिन सुरु

    टपेन्द्र कार्की
    २८४ पटक

    काठमाडौँ। नेपाल प्रहरीका उच्च अधिकारीहरूले राजनीतिक हिमचिम बढाएको र प्रहरी प्रशासनमा रहेका बेला चेनअफ कमाण्ड तोड्दै पदीय दुरुपयोग गरेको आरोप लगाएर एआइजी श्याम ज्ञावालीमाथि छानबिन सुरु गरेको छ।

    केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत ज्ञावालीलाई हटाएर अर्को व्यक्ति पठाउने उदेश्यका साथ छानबिन सुरु गरिएको हो।

    ‘म माथि सुनियोजित मिडिया आक्रमण हो प्रहरी प्रधान कार्यालयको कुनै कलुषित मनशाय देखिँदैन’, आफूमाथि छानबिन सुरु भएपछि एआइजी ज्ञावालीले भने।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा रहेका ज्ञावालीमाथि आइजीपीको सचिवालयमा एक दर्जनबढी बेनामे उजुरी परेको त्यो उजुरीलाई फस्र्योट गर्नका लागि पनि छानबिन समिति बनाएको प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।

    एआईजी ज्ञवालीले पदीय दुरुपयोग गरेको प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राईको नेतृत्वमा छानबिन गरेको हो।

    सुन तस्करी सम्बन्धी छानबिन आयोगले दिएको प्रतिवेदनको आधारमा तत्कालिन गृहमन्त्री रवि लामिछानेले तत्कालिन सिआइबी प्रमुख एआइजी किरण बज्रचार्यलाई हटाएर ज्ञावालीलाई पठाएका थिए।

    सुन तस्करीको सफल अनुसन्धान गरेकी बज्रचार्यलाई हटाएको र कारवाही गरेको विषयमा सर्वत्र विरोध भयो।

    सुन तस्करीको विषयसँग ज्ञावालीको अनुसन्धान नजोडिएको तर चेनअफ कमाण्ड उल्लंघन गरेको, अनुसन्धानमा बद्नीयत राखेको र सेञ्चुरी बैकको कर्जा हिनामिना प्रकरणमा आरोपीसँग अस्वाभाविक चलखेल गरेको आरोप लगाइएको छ।

    ‘उहाँको सम्बन्धमा परेको उजुरीलाई प्रहरी प्रधान कार्यालयले छानबिन गरेर चाडै नै गृहमा उजुरी फस्र्योटको रिपोर्ट बुझाउनुपर्ने भएकाले पनि छानबिन सुरु गरिएको हो’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने।

    प्रहरीका एक अधिकारीका अनुसार राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेको आरोप पनि उनीमाथि लागेको छ। यद्यपि उनले को सँग कहिले भेटघाट गरेका थिए भन्ने बारेमा केही खुलाइएको छैन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १३ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दसैँमा पनि खुला रहने आयल निगमका यी १३ डिपो

    काठमाडौँ, असोज  १२ – दसैँको सार्वजनिक बिदामा समेत नेपाल आयल निगमले इन्धन आपूर्ति निरन्तर राख्ने...

    विदेश यात्रा रोक सिफारिस : ओलीसहित पाँच जना अनुसन्धानको दायरामा

    काठमाडौं, असोज १२ – जेनजी आन्दोलनको छानबिनका लागि बनेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित...

    काला चस्मा भित्र लुकेका कोप्चा आखाँहरु

    – कमला थापा २०८२ असोज १३ गते। बर्षैपिच्छे आउने नेपालीहरुको महानचाड विजया दशमी, नेपाली जनताले...

    धरानका मेयर हर्क साम्पाङले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश

    काठमाडौं, असोज १२ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नयाँ राजनीतिक दल ‘श्रम संस्कृति...