News Portal

  • फर्जी कागजात बनाएर मानव तस्करी गरेको अभियोगमा समीर लामा पक्राउ

    हिमालीसंचार संवाददाता
    २६० पटक

    जापान। जापानमा हुने सेमिनारमा सहभागी गराउने भन्दै अवैध रुपमा जापानमा नेपाली भित्र्याउने समीर लामालाई प्रहरीले पक्राउ गरेको छ। लामालाई सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

    दुई युवतिसहित गत जुलाई १८ तारिख जापान आएका लामाले फर्जी कागजात बनाएर २३ जनाको भिसा आबेदन दिएको र लाखौँ रुपैयाँ असुल गरेको समाचार यसअघि नै अनलाइनखबरमा प्रकाशित भएको थियो।

    मानव बेचबिखन अनुसन्धान ब्युरोले लामालाई पक्राउ गरेर अनुसनधान सुरु गरेको हो। ब्युरोका एक प्रहरी अधिकृतले भने, ‘अहिले पीडितहरु हाम्रो सम्पर्कमा आउनु भएको छ। पीडितले जाहेरी दर्ता गराएपछि हामी अपराधको प्रकृति अनुसारको मुद्दा चलाउने छौँ।’

    प्रारम्भिक अनुसन्धान अनुसार उनलाई मानब बेचबिखन, कागजात किर्ते, मानव तस्करी लगायतका अभियोगमा अनुसन्धान गरिने प्रहरीको भनाइ छ। लामाले एनआरएनए जापानको लेटरप्याड र जापानको ओसाकास्थित अमर लामाले सञ्चालनमा ल्याएको एक कम्पनीको कागजात दुरुपयोग गरी नेपालीलाई जापान भित्र्याएका थिए।

    लामाले बनाएको फर्जी कागजातमा एनआरएनए जापान र जिल्ला सहकारी संघ लिमिटेड काठमाडौँको आयोजनामा जापनमा सेमिनार हुन लागेको उल्लेख गरिएको छ।

    भिसा आवेदन दिएकाहरु ट्राभल एजेन्सिका मान्छे हुन् : समीर लामा

    एनआरएनको कागजात दुरुपयोग गरेरे समीर लामा जापान भित्रिएको विषय बाहिरिएसँगै लामाको खोजी कार्यमा एनआरएनए जापान सक्रिय थियो। एनआरएनए जापानले गत बिहीबार लामालाई जापानको ओसाकाबाट टोकियो ल्याइ पत्रकार सम्मेलनसमेत गरेको थियो।

    पत्रकार सम्मेलनमा लामाले एनआरएनए जापान र ओसाकास्थित एक कम्पनीको कागजात दुरुपयोग गरी जापानमा नेपाली भित्र्याएको स्वीकारेका थिए। उक्त कार्यमा ‘जापानबाट तपाईलाई कसको सहयोग छ ?’ भन्ने पत्रकारको प्रश्नमा समीरले सबै काम आफू एक्लैले गरेको बताएका थिए।

    पत्रकार सम्मेलनमा समीरले नेपालीलाई जापान भित्र्याउनका लागि आवश्यक कागजात बनाउन काठमाडौँको धुम्बाराहीमा रहेको ड्रिम ट्राभल र ठमेलमा रहेको अर्किड ट्राभलले सहयोग गरेको बताएका थिए।

    उनले ट्राभल एजेन्सी सञ्चालनको नाम भने खुलाएका थिएनन्। ‘भिसा आवेद दिएकाहरु मेरा मान्छे होइनन्, ट्राभलले मान्छे कलेक्सन गर्छ’ समीर लामाले भने, ‘उनीहरुको टिकट खर्च, होटल खर्च म गर्छु। त्यो वापत ट्राभलबाट प्रतिव्यक्ति ५ लाख रुपैयाँ पाउँछु। जापानमा मेरो धेरै जनासँग चिनजान छ भनेर ट्राभल एजेन्सिले म मार्फत् पठाउनु भएको हो।’

    लामाले जापान भित्र्याएका र भित्रिन लागेका २३ जना जापानमा अबैध रुपमा काम गर्न नभएर ‘भिजिट प्रोफाइल बनाउन’ लागि मात्र आउन लागेको जिकिर गरेका थिए। लामाले उनीहरुबाट प्रतिव्यक्ति १७ लाख रुपैयाँसम्म लिएको पीडितले जनाएका छन्।

    यति ठूलो रकम बुझाएर भिजिट प्रोफाइलका लागि मात्र कोही पनि जापान नआउने लामो समय जापान बस्दै आएका जानकारहरु बताउँछन्। यसरी अवैध रुपमा जापान आउनेहरु शरणार्थीको आबेदन दिने र केही समय जापान बस्ने उद्देश्यले आउने गरेका छन्।

    विमानस्थलबाटै भाग्न खोजेका थिए समीर

    एनआरएन जापानको रोहबरमा लामालााई नेपाल पठाउने पकृयामा लामा बिमानस्थलबाटै भाग्न खोजेका थिए। गत शुक्रबार (जुलाई २७ तारिख) बोर्डिङ पास पश्चात लामा विमानस्थलबाट भाग्न खोजेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताए।

    ‘भाग्न खोजेको सूचना विमानस्थलका कर्मचारीले हामीलाई दिएसँगै लामाको उक्त दिनको उडान रद्द गरेका थियौँ’ अध्यक्ष निउरेले भने। यस पश्चात एनआरएनए जापानले लामालाई सोमबार (२९ तारिख) पुनः नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल पठाएको थियो।

    संस्थाको नाम र संस्थामा आबद्ध पदाधिकारीको नामको दुरुपयोग गरी फर्जी कागजात बनाएको भन्दै एनआरएनए जापानले यसअघि नै सिआईबिमा उजुरीसमेत दिइसकेको एनआरएनए जापानका प्रवक्ता खगराज गौतमले बताए।

    जापानमा अपराधिक गतिविधिमा नेपालीको संलग्नता रहेको विषय बाहिरिए पनि जापानस्थित नेपाली राजदूतावासले भने कुनै पनि सहयोग नगरेको एनआरएनए अभियानकर्मीले गुनासो गरे।

    एक एनआरएनए अभियानकर्मी भन्छन्, ‘हामीले लामालाई नेपाल फर्काउनका लागि पहल र सहकार्य गरिदिन राजदूत स्वयम्लाई अनुरोध गर्दा पनि कुनै सहयोग पाएनौँ।’ अनलाइखबरबाट।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन १२ गतेको राशिफल

    आज साउन १२, २०८२ (जुलाई २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    अमेरिकाभरिका १०० प्रभावशाली एआई नेताहरूको सूचीमा युवा बैंकर प्रवेश रिजाल

    न्यूयोर्क। क्रस रिभर बैङ्कका प्रमुख डेटा तथा कृत्रिम बौद्धिकता (एआई) अधिकृत प्रवेश रिजाललाई अमेरिकाभरिका १००...

    एनआरएनएको पहलमा युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

    काठमाडौँ। विदेशस्थित नेपाली दूतावासहरूमा फोन नउठ्ने र समयमा आवश्यक जानकारी नपाइने भन्ने गुनासो सुनिएको सन्दर्भमा...

    एनजिओ चलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग जोडिए कसरी ?

    काठमाण्डौ। नेकपा एमालेका ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य पार्टीको ९ औँ जिल्ला अधिवेसनबाट दोस्रो...

    डिजिटल युगमा ढिलाइ गर्न नहुने देउवाको चेतावनी : एआई अबको आवश्यकता हो

    काठमाडौं, साउन ११ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अब डिजिटल युगको ढोकामा उभिएको...