News Portal

निर्मला पन्तका आमाबुवा अनिश्चितकालीन धर्नामा, हत्यारालाई पक्राउ गर्न माग

हिमाली संचार संवाददाता
६४० पटक

कञ्चनपुर : भीमदत्तनगरपालिका–२ का १३ बर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आइतबारबाट आमाबुवा जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् ।
छोरीको बलात्कारपछि हत्या भएको तीन महिना बितिसक्दा पनि हत्यारालाई कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै बुवा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त स्थानीय प्रशासन कार्यालय अगाडि अनिश्चितकालस्न धर्नामा बसेका हुन् ।

आइतबार धर्ना बस्नुअघि मदनचोकबाट सुरु भएको दबाव र्‍यालीमा नागरिक समाजका अगुवा, महिला अधिकारकर्मी र विद्यार्थीहरु सहभागी थिए ।
नागरिक समाजका अगुवा नरबहादुर साउदले निर्मलाका हत्यारा सार्वजनिक नगरिएसम्म धर्ना जारी रहने बताए । ‘निर्मलाका वुवा/आमा यति धर्नामा बस्नुहुन्छ’ उनले भने, ‘उहाँहरुलाई हाम्रो सहयोग रहन्छ ।’

निर्मलाका आमा दुर्गादेवीले छोरीको हत्या भएको लामो समय बितिसक्दा पनि हत्यारा सार्वजनिक गर्न नसेको भन्दै दुखेसो पोखिन् । ‘यतिका दिनसम्म हत्यारा पत्ता लगाउन नसकेकाले धर्ना बस्न बाध्य भएका छौं’ उनले भनिन्, ‘हत्यारा सार्वजनिक गर्न सरकार गम्भीर बनोस् ।’

१० साउनमा साथी रोशनी बमको घर गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । घटनाको अनुसन्धानमा प्रहरीले लारपवाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट बर्खास्तसमेत भएका छन् । तर, अझैसम्म हत्या पत्ता लागेको छैन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...