News Portal

बाँकेबाट हुण्डी कारोबारीमा संलग्न चार जना युवा पक्राउ

“साढे २४ लाख बढी नगदसहित उनीहरु पक्राउ परेका हुन्!”

हिमालीसंचार संवाददाता
३६० पटक

असार-२९, शनिवार/बाँके – बाँकेमा साढे २४ लाखभन्दा बढी रकमसहित चार जना हुण्डीकारोबारी युवाहरुलाई प्रहरीले पक्राउ गरेका छन्। पक्राउ पर्नेहरुमा नेपालगञ्ज उपमहानगरपालिका-१८ का २९ वर्षीय राजु भुजु श्रेष्ठ, नेपालगञ्ज-३ का २५ वर्षीय सोयव कादरी हलवाई, कोहलपुर नगरपालिका-७ का २९ वर्षीय निमबहादुर बोहरा र कञ्चनपुरको भिमदत्त नगरपालिका-७ घर भइ बाँकेको नेपालगञ्ज-३ बस्ने ३० वर्षीय राहुल देवल पक्राउ परेका हुन्।

प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार गोप्य सूचनाका आधारमा उनीहरुलाई शुक्रबार नेपालगञ्ज-१२ बेलासपुरस्थित टिभी, फ्रिज मर्मत गर्ने पसलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुले स्थानीय ताराकुमारी बिसीको घर भाडामा संचालित नबिल रेफ्रीजेरेटर एण्ड एयर कन्डिसन वर्कशपबाट उनीहरुलाई विशेष गोप्य सूचनाका आधारमा प्रहरीले छापा हानेर प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले टिभी र फ्रिज मर्मत गर्ने पसलमा बिगतदेखि नै अवैध रुपमा हुण्डीकारोबार हुँदै आएको भन्ने स्थानीयको गोप्य सूचनाका आधारमा सादा पोशाकमा खटिएका प्रहरीले छापा मारेको थिए।

प्रहरीलेपसलमा खानतलासी गर्दा बैंकमा पैसा जम्मा गरेका भौचरहरु, हिसाब किताब राखेको नोट बुकसहित नगद २४ लाख ६२ हजार ३१५ रूपैयाँ बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। आजको सेतोपाटीमा यो खबर छ। 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...