News Portal

धरानमा एम्स एसइइ रन प्रतियोगिता हुने

विकास चाम्लिङ राई, धरान
१९२ पटक

जेठ-२२, मंगलबार/धरान – एम्स क्रियटिभ ग्रुपको आयोजनामा यहि जेष्ठ-२६ गते शनिवार पहिलो एम्स एसइइ रन प्रतियोगिता धरानमा हुने भएको छ ।

विशेष गरी एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी दौड प्रतियोगिताको आयोजना गर्न लागिएको आइतवार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी गराएको छ।

विद्यार्थीहरु विच भाइचारा बढाउन, खेलकूदको शहरको रुपमा परिचित धरानलाई शिक्षा र खेलकुदको माध्यमबाट थप प्रोत्साहित गर्नका लागि दौड प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको आयोजक क्रियटिभ ग्रुपका अध्यक्ष अंकित श्रेष्ठले वताए। प्रतियोगितामा चार सय भन्दा बढिले सहभागिता जनाउने आयोजकले जनाए ।

दौडमा पहिलो, दोस्रो र तेस्रो हुने महिला तथा पुरुष खेलाडिहरुले जनहि नगद ५ हजार, ३ हजार, एक हजार, ट्रफी, मेडल, प्रमाणपत्र र प्लस टु कक्षामा छात्रवृती प्राप्त गर्नेछ। पहिलो हुनेले शतप्रतिशत, दोस्रोले ५० प्रतिशत र तेस्रो हुनेले ३५ प्रतिशत छात्रवृति प्राप्त गर्ने छन्। आयोजकका अनुसार विद्यार्थी बाहेकका खेलाडिले समेत दौडमा सहभागिता जनाउन पाउने छन् । 

चार किलोमिटर दुरिको दौड प्रतियोगिता चतरा लाइन स्थित एम्स एकेडेमिबाट सुरु भएर छाता चौक, भानुचौक, पुतली लाइन, दुर्गा चौक, कल्याण चौक, पानीट्याङकी हुदै एम्स एकेडेमिमा नै आएर समापन हुने छ। प्रतियोगितामा धरान रनको प्राविधिक सहयोग रहने रहने छ ।

प्रतिकृया दिनुहोस्

मोरङको गेउरिया पुल १० बर्ष बितिसक्दा समेत संचालनमा आउन सकेन

असार-१४, शुक्रबार/मोरङ – मोरङको रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका-२ स्थित गेउरीया पुलको निर्माण...

बोलिभियामा ‘कू’ प्रयास असफल, सेना प्रमुख पक्राउ

एजेन्सी। दक्षिण अमेरिकी देश बोलिभियामा कू प्रयास असफल भएको छ। बोलिभियाका सैनिकहरूले राजधानी ला पाजस्थित...

मोरङको रङ्गेली प्रहरीद्वारा १५ सय केजी गाँजा सहित एक युवा पक्राउ (फोटो फिचर)

असार-१४, बिहीबार/मोरङ – मोरङको रंगेली इलाका प्रहरी कार्यालय रंगेलीले अहिलेसम्मकै ठूलो परिणाममा गाँजा सहित एक...

गण्डकीका सांसद देवकोटालाई संसद प्रवेशमा रोक

काठमाडौं। गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाइएको छ। उनलाई मर्यादा पालकले...

मोरङको रंगेलीमा घाँघी खोलाले एक वृद्ध बगायो

असार-१३, बिहीबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका ४ स्थित चोप्राह नजिकमा रहेको घाँघी खोलाले बगाएर एकजना...

फेसबुक

 

अध्यक्ष : हरि बहादुर बानियाँ

प्रधान सम्पादक : संजीव कुमार राई

कार्यकारी सम्पादक : कमल सिंह

सम्पादक : सुजन कँडेल

साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

विशेष प्रतिनिधि/संवाददाता :
१) नवराज राई (संखुवासभा)
२) रबिन्द्र बराल (मोरङ)
३) राम प्रसाद ढुंगेल (युएई)
४) युवराज राई (हेटौंडा)
५) अमृता राई (इलाम)

बिज्ञापनका लागि :
कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

सम्पर्क नम्बर : 9862181818

ईमेल : [email protected]

दर्ता न. : ३१४७ (सूचना विभाग)

पुरा टीम

Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal