News Portal

९औं ट्यालेन्ट हन्ट सम्पन्न, इन्डोर बास्केटवल कोर्टको स्तर उन्नतिका लागि सदस्य सचिव बस्नेतले गर्ने प्रतिवद्धता

विकास चाम्लिङ राई, धरान
४७१ पटक

असार-१२, बुधबार/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिको संयोजनमा आयोजित ९औं बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सोमवार सम्पन्न भएको छ ।

समापनको दिन सहभागी विद्यार्थी र प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमूख अतिथि कोशी प्रदेश खेलकूद विकास समितिका सदस्य सचिव कृष्ण वस्नेत परशुराम, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राई, धरान १० न. वडाध्यक्ष एवं सुनसरी बास्केटवल संघका उपाध्यक्ष विवेक राई लगायतले प्रमाणपत्र वितरण गरेका छन। 

वास्केटवल खेल विकास संगै समग्र खेलकूद विकासको लागि प्रदेश खेलकुद वोर्डबाट सक्दो सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथि कृष्ण वस्नेत परशुरामले मन्तव्यको क्रममा बताए । 

खेलकूद वोर्डबाट हुन नसके आफुले व्यक्तिगत तर्फबाट भए पनि सहयोग गर्ने सदस्य सचिव वस्नेतले प्रतिवद्धता जनाएका छन्। उनले तत्काल धरान रंगशाला इन्डोर बास्केटवल कोर्टको स्तर उन्नतिका लागि काम अगाडि बढाउने समेत बताए ।

सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा जेष्ठ १० गतेदेखि असार १० गतेसम्म एक महिना लामो ९औं ट्यालेन्ट हन्ट क्याम्प सम्पन्न भएको थियो। ट्यालेन्ट हन्टमा एल केजीदेखि एसईई दिएर वसेका ६५ जना विद्यार्थीहरुले सहभागिता जनाएको स्वागत मन्तव्यको क्रममा कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले जानकारी गराए।

बास्केटवल खेल विकास तथा बास्केटवल खेलाडि उत्पादनका लागि ट्यालेन्ट हन्टको आयोजना १३ वर्ष अगाडिदेखि सुरु गरिएको उनले बताए। विशेष गरी एसईई दिएर वसेका विद्यार्थीहरुलाई लक्षित गरी ट्यालेन्ट हन्ट आयोजना गरिए पनि बास्केटवल सिक्न इच्छुक सवैलाई प्रशिक्षण क्याम्पमा सहभागि गराएको थियो । 

एसईई दिएका सम्भावित उदयीमान खेलाडिहरुलाई धरानका विभिन्न कलेजमा छात्रवृतिका लागि सिफारिस गरिने आयोजकले जनाएको छ । अहिलेसम्म ट्यालेन्ट हन्टका एक सय ५० भन्दा बढिलाई छात्रवृतिको लागि सिफारिस गरिसकेको आयोजकले जनाए ।

ट्रयालेन्ट हन्ट प्रशिक्षण क्याम्प धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा सम्पन्न भएको थियो । प्रशिक्षण क्याम्पमा सहभागिहरुलाई प्रदेशका मूख्य प्रशिक्षक विकाश चाम्लिङ राई, राष्ट्रिय महिला बास्केटवल खेलाडि डा. आशा राई, चिरञ्जिवि गिरी, आस्था कुलुङ, निवा चेम्जोङ लगायतले प्रशिक्षण दिएका थिए ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...