News Portal

९३ वर्षको उमेरमा रुपर्ट मर्डोकले गरे पाँचौँ विवाह

हिमालीसंचार संवाददाता
५३७ पटक

क्यालिफोर्निया। मिडिया क्षेत्रका बादशाह रुपर्ट मर्डोकले ९३ वर्षको उमेरमा पाँचौँ पटक बिहे गरेका छन्। उनकी नयाँ पत्नी उनीभन्दा २६ वर्ष कान्छी छन्। मर्डोकले अवकाशप्राप्त मलिक्युलर बायोलोजिस्ट एलेना जुकोवासँग विवाह गरेका हुन्। ६७ वर्षीया जुकोवा रुसमा जन्मेकी थिइन्।

शनिबार क्यालिफोर्नियामा उनीहरुको विवाह भएको थियो। मर्डोकले हालै आफ्ना कम्पनीको बागडोर जेठा छोरा लक्लनलाई सुम्पेका थिए। उनले फक्स र न्युज कर्पको जिम्मा छोरालाई दिएका हुन्।

जुकोवासँग मर्डोकले गत बर्खादेखि डेटिङ गरिरहेका थिए। उनी परोपकारीका रुपमा नाम कमाएकी दासा जुकोवाकी आमा हुन्। दासाले रुसी अर्बपति रोमन अब्रामोभिचसँग विवाह गरेकी थिइन्। तर, उनीहरुको सम्बन्धविच्छेद भएको थियो।

अस्ट्रेलियामा जन्मेका मर्डोकका तीन पूर्वपत्नीबाट ६ सन्तान छन्। २०२२ मा जेरी हलसँग सम्बन्धविच्छेदपछि उनले एन लेस्ली स्मिथसँग ‘इन्गेजमेन्ट’ गरेका थिए। हल मिक ज्यागरकी पूर्वपत्नी हुन्।

तर, दुई सातामै स्मिथसँग उनको इन्गेजमेन्ट तोडिएको थियो। जुकोवालाई उनले अगस्टमा आफ्नी तेस्री पत्नी वेन्डी देङको माध्यमबाट भेटेका थिए। उनी युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जलसमा डायबिटिजबारे अध्ययरत थिइन्।

सोभियत संघका अन्तिम दिनहरुमा उनी रुसबाट अमेरिका सरेकी हुन्। उनका पूर्वपति अलेक्जेन्डर जुकोव त्यसपछि अर्बपति बने। जो अहिले बेलायती नागरिकका रुपमा लन्डनमा बस्छन्।

आफ्नो मिडिया साम्राज्यका दैनिक गतिविधिबाट पछि हटे पनि मर्डोकलाई अझै त्यो साम्राज्यको मालिककै रुपमा हेर्ने गरिन्छ।
– एजेन्सी।

प्रतिकृया दिनुहोस्

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...