News Portal

९३ वर्षको उमेरमा रुपर्ट मर्डोकले गरे पाँचौँ विवाह

हिमालीसंचार संवाददाता
६०५ पटक

क्यालिफोर्निया। मिडिया क्षेत्रका बादशाह रुपर्ट मर्डोकले ९३ वर्षको उमेरमा पाँचौँ पटक बिहे गरेका छन्। उनकी नयाँ पत्नी उनीभन्दा २६ वर्ष कान्छी छन्। मर्डोकले अवकाशप्राप्त मलिक्युलर बायोलोजिस्ट एलेना जुकोवासँग विवाह गरेका हुन्। ६७ वर्षीया जुकोवा रुसमा जन्मेकी थिइन्।

शनिबार क्यालिफोर्नियामा उनीहरुको विवाह भएको थियो। मर्डोकले हालै आफ्ना कम्पनीको बागडोर जेठा छोरा लक्लनलाई सुम्पेका थिए। उनले फक्स र न्युज कर्पको जिम्मा छोरालाई दिएका हुन्।

जुकोवासँग मर्डोकले गत बर्खादेखि डेटिङ गरिरहेका थिए। उनी परोपकारीका रुपमा नाम कमाएकी दासा जुकोवाकी आमा हुन्। दासाले रुसी अर्बपति रोमन अब्रामोभिचसँग विवाह गरेकी थिइन्। तर, उनीहरुको सम्बन्धविच्छेद भएको थियो।

अस्ट्रेलियामा जन्मेका मर्डोकका तीन पूर्वपत्नीबाट ६ सन्तान छन्। २०२२ मा जेरी हलसँग सम्बन्धविच्छेदपछि उनले एन लेस्ली स्मिथसँग ‘इन्गेजमेन्ट’ गरेका थिए। हल मिक ज्यागरकी पूर्वपत्नी हुन्।

तर, दुई सातामै स्मिथसँग उनको इन्गेजमेन्ट तोडिएको थियो। जुकोवालाई उनले अगस्टमा आफ्नी तेस्री पत्नी वेन्डी देङको माध्यमबाट भेटेका थिए। उनी युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जलसमा डायबिटिजबारे अध्ययरत थिइन्।

सोभियत संघका अन्तिम दिनहरुमा उनी रुसबाट अमेरिका सरेकी हुन्। उनका पूर्वपति अलेक्जेन्डर जुकोव त्यसपछि अर्बपति बने। जो अहिले बेलायती नागरिकका रुपमा लन्डनमा बस्छन्।

आफ्नो मिडिया साम्राज्यका दैनिक गतिविधिबाट पछि हटे पनि मर्डोकलाई अझै त्यो साम्राज्यको मालिककै रुपमा हेर्ने गरिन्छ।
– एजेन्सी।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...