News Portal

सामसुङले ल्यायो फोल्डेबल डिस्प्ले भएको स्मार्टफोन !

हिमाली संचार संवाददाता
७३६ पटक

दक्षिण कोरियाली कम्पनी सामसुङले अन्ततः आफ्नो बहुप्रतिक्षित पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीको पाँचौँ वार्षिक डेभलपर सम्मेलनका क्रममा सामसुङले पहिलो फोल्डेबल स्मार्टफोन ल्याएको हो ।यो स्मार्टफोनको स्क्रिन पूर्ण रुपमा तन्काउँदा यो ट्याबलेटको स्वरुपमा बदलिन्छ भने पट्याउँदा स्मार्टफोन बन्दछ ।

बुधबार आयोजित समारोहका बीच सामसुङको मोबाइल मार्केटिङ्ग विभागका वरिष्ठ उपाध्यक्ष जस्टिन डेनिसले यो स्मार्टफोन सार्वजनिक गरे । आगामी महिनादेखि यो स्मार्टफोनको व्यवसायिक हिसाबले उत्पादन सुरु हुने बताइएको छ । त्यसैले अहिले सार्वजनिक गरिएको स्मार्टफोन कम्पनीको फाइनल प्रडक्ट होइन ।

सामसुङका अनुसार फोल्डेबल डिस्प्लेसँगै सामसुङ मोबाइल प्रयोगकर्ताले नयाँ अनुभव गर्न पाउनेछन् । कम्पनीले यो फोल्डेबल डिस्प्लेलाई इनफिनिटी फ्लेक्स डिस्प्ले भनेको छ ।

प्रयोगकर्ताले यो सजिलैसँग बन्द गर्न र खोल्न सक्नेछन् । इनफिनिटी फ्लेक्स डिस्प्ले सामसुङको नेक्स्ट जेनेरेसन प्लेटफर्म हो । एजेन्सी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...