News Portal

दिक्तेल बजारमा भीषण आगलागी हुँदा २ घर खरानी, तीन घरमा क्षति !

७३५ पटक

उत्तम चौलागाँई
दिक्तेल : खोटाङ सदरमुकाम दिक्तेलबजारस्थित रत्नपार्कमा सुक्रबार विहान आगोलागी भएको छ। स्थानीय अम्बिका बुढाथोकीको घरबाट सुरु भएको आगो भर्खरै नियन्त्रणमा आएको हो। आगोलागीबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१ स्थित रत्नपार्कका स्थानीय कृष्ण श्रेष्ठ र अम्बिका बुढाथोकीको घर पूर्णरुपमा जलेर नष्ट भएको छ।

आगोलागीबाट राजु श्रेष्ठ, रविध्वजर राई र पेले गुरुङको घरमा समान्य क्षति पुगेको छ। बुढाथोकीको पूजा कोठाबाट विहान करिव ३ बजेबाट उठेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ। बजारवासी, स्थानीय, नेपाली सेना, प्रहरी, सशत्र प्रहरीलगायतले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि आगो नियन्त्रण भन्दा बाहिर गएपछि अन्तमा स्काईभेटरेको प्रयोग गरेर घर भत्काएपछि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिए।

आगोलागीबाट अनुमानित एक करोड भन्दा बढीको क्षति भएको उनको छ। समान्य क्षति पुगेका ३ घरको छाना भत्काएर अन्य घरलाई आगोबाट जोगाईएको स्थानीयले बताएका छन्। स्थानीयले आगो नियन्त्रणका लागि पानी, हिलोलगायका समाग्रीको प्रयोग गरेका थिए।

आगो तत्काल नियन्त्रण गर्ने विकल्पको रुपमा रहेको दम्कल यो नगरपालिका छैन। पहिलेको दिक्तेल नगरपालिका हुँदा खरिद गरिएको दमकल विग्रिएर थन्किएको छ। स्थानीयले बजारवासीले नगरपालिकालाई दैविक प्रकोप हुन सक्ने भनेर पटक–पटक अनुरोध गरेपनि नगरपालिकाले दम्कलको व्यवस्था गर्ने चासो नदेखाउँदा बजारवासीले वर्षेनी ठुलो क्षति व्यहोर्दै आउँनु परेको छ। बाक्लो बजार र जस्ताको छाना मात्र भएको दिक्तेलबजार आगो लागी भए जोगाउँने सम्भावना न्यून छ। तर नगरपालिकाले दमकलको व्यवस्थापन गर्न नसक्नु नगरको ठुलो कमजोरी भएका भन्दै स्थानीय नगरपालिकासंग आक्रोशत बनेका छन्।

करिव २ वर्ष अघि बिद्युत सर्ट भएर सोहि स्थानमा आगोलागी हुँदा तीन घर जलेर पूर्ण रुपमा नष्ट भएका थिए। सो वेला हिरालाल पुरीको घरमा बिद्युत सर्ट भएर लागेको आगोले छिमेकी केशव दाहाल र दानबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो। रविध्वज राई र  हर्क बहादुर राईको घरको छानो फालेर अन्य घर जोगाईएको थियो।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...