News Portal

नेपाल-भारत सिमाक्षेत्रका किसानहरु मकै खेतीमा आर्कषित

रबिन्द्र बराल, मोरङ
४०७ पटक

बैशाख-२, आइतबार/मोरङ – मोरङको सिमावर्ती क्षेत्रमा कृषि पेशामा आश्रीत कृषकहरुले अहिले बिगतका बर्षहरु भन्दा यस बर्ष मकै खेतीमा आकर्षित भएका छन्।

अन्य अन्न-बालीको तुलनामा मकै खेतीबाट राम्रो आमदानी हुने र मेहनत अनुसार बजार मूल्य पनि राम्रो पाउने भएको हुनाले मकै खेतीतर्फ कृषकहरु  आकर्सित हुन थालेका हुन। बलौटे माटोमा समेत मकैं राम्रो उत्पादन हुन थालेपछि अहिले हरेका स्थानमा मकै खेती देख्न सकिन्छ । 

बिगतका बर्षहरुमा धान बाली भित्राएपछि गहुँको  खेती गर्दे आईरहेका कृषकहरूले गहुँ बालीबाट सोचे अनुसार आम्दानी नभएपछि अहिले मकै बाली लगाउन थालेका हुन। फाल्गुन महिनामा रोपेर जेष्ठ  महिनामा मकै बाली भित्र्याउने र अरु बाली भन्दा मकै खेतीमा  धेरै खर्च र मेहनत गर्नुपर्ने भएता पनि राम्र आम्दानी हुने भएपछि कृषकहरु सोही बाली लगाउन थालेका रंगेलीका कृषक राजकुमार राजवंशीले बताए। 

अहिले रंगेली, सुनवर्षी, रतुवामाई, जहदा, धनपालथान, कानेपोखरी लगायत आसपासका सयौं बिधा खेतहरुमा आँखाले समेत नभ्याउने गरि मकैखेती देख्न सकिन्छ। गहुँ बाली लगाउदा थोरै मेहनत भएता पनि आम्दानी कम भएको कारणले मकै खेती यस भेगमा लगाउन थालेका हुन। 

एक बिधा खेतमा बिउ, मलखाद, पानी गोडमेल गर्ने डेर लाख रुपैयाँ सम्म  खर्च हुने भएता पनि मकै बिक्रीवितरण गर्ने समयमा राम्रो बजार भाउ हुने भएको हुनाले आफुहरुले मकै खेती नै गरेको स्थानीय कृषक मनोहर साहले बताए ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...