प्युठान : जनता माबि टिमुरचऔर प्युठानका शिक्षक सिद्विमान एमसि माथि झिमरुक गाउँ पालिका-८मा नेकपाबाट निर्वाचित वडाध्यक्ष तुलस बस्नेतले गम्भीर घाईते हुने गरि अाक्रमण गरेका छन ।
बिद्यालय ब्यबस्थापन समिति, बिद्यालय अभिभावक समिति र बिद्यालयका बिचमा संयुक्त बैठक चल्दै गर्दा शिक्षक एमसिले राखेका बिद्यालय सुधार एजेण्डा र वडाध्यक्ष तुलस बस्नेतले राखेका ऐजेण्डा फरक भए पछि वडाध्यक्ष आक्रामक भएका थिए ।
बिद्यालयको बैठकमै कुटिएका शिक्षक एमसिको टाउकोमा गम्भीर चोट लागेको छ । शिक्षकको टाउकोमा ५ वटा टाँका लगाईएको छ । त्यस्तै शिक्षक एमसिले आफु असुरक्षित भएको भन्दै अहिले बागदुलामा आफन्त कहाँ बसेका छन् ।
झिमरुक गाउँपालिका ८ का नेकपाका वडाध्यक्ष बस्नेतले शिक्षकको टाउकोमा कुर्चि प्रहार गरेका थिए । उता वडाध्यक्षले भने घटना भने जस्तो गम्भीर नभएको तर आफुलाई बदनाम गराउन खोजिएको आरोप लगाएका छन। हाम्राकुराबाट