News Portal

मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा बर्षा र हिमपातको सम्भावना

हिमालीसंचार संवाददाता
४२० पटक

चैत्र-२८, बुधबार/काठमाडौं – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको कारणले देशका उच्च पहाडी भूभागमा आंशिक बदली रही अन्य भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ  ।

आज अपह्रन्न देशको उच्च पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको केही स्थानहरूमा र पहाडी भूभागको केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।

आज साझ कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ। 

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानपरुमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ। भोली बिहीबार पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको केही स्थानहरूमा र देशको उच्च पहाडी भूभागको केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाले नियमित बुलेटिन मार्फत जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...