News Portal

मौसम पूर्वानुमान: आज यी प्रदेशहरुमा बर्षा सहित हावाहुरीको सम्भावना

मौसम पूर्वानुमान
४३३ पटक

चैत्र-२३, शनिबार/काठमाडौं – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभाव अनुसार कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ।

यता, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको केही स्थानहरूमा र बाँकी पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले उल्लेख गरेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको समेत महाशाखाले उल्लेख गरेको छ ।

भोली आइतबार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको केही स्थानहरू र बाँकी पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ। मधेस प्रदेश लगायत लुम्बिनी, गण्डकी  प्रदेशको तराई भूभागका केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको समेत महाशाखाले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...