चैत्र-२१, बुधबार/काठमाडौं – नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनी जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
आज अपह्रन्न सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया मौसम बदली रहनेछ। यता कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, आज साझ सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया मौसम बदली रहने समेत महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले उल्लेख गरेको छ।