चैत्र-२०, मंगलबार/काठमाडौं – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको समेत महाशाखाले जनाएको छ।
आज अपह्रन्न कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।
यता कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले उल्लेख गरेको छ।
आज साझ देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। यता गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।