News Portal

मोरङ रतुवामाई नगरका युवाहरु ड्राईगन फुट व्यवसायमा आकर्षित

हिमालीसंचार संवाददाता
३५६ पटक

चैत्र-१८, आईतबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-६ स्थित सिजुवामा ४५ बर्षीय  दुर्गाप्रसाद ढकालले गत माघ महिनादेखि ड्रागन खेती गर्ने सुरु गरेका छन। ड्रागन फलको जिब्रोमै झुण्डिने स्वाद र बढ्दो बजारका मागले व्यावसायीक खेतीमा स्थानीय युवाहरु आकर्षित भएका छन ।  

सेतो र रातो जातको यो फलबारे शुरु–शुरुमा विदेश यात्रामा जाने ‘भिआईपी’ नेपालीलाई मात्रै थाहा हुन्थ्यो। तर, अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यमका कारण धेरैले जानकारी पाएपछि पछिल्लो समयमा सिमावर्ती क्षेत्रका कृषकहरु समेत ड्रागन फुट   व्यावसायी खेतीमा युवाहरु अग्रसर हुन थालेका छन्।  

स्थानीय दुर्गप्रसाद ढकाले अहिले एक बिधा खेतमा १२ लाख रुपैयाँ बराबरको लागतमा उक्त व्यवसाय  सुरु गरेका छन्। सुनसरी बाट प्रति गोटा ७० का दरले २४ सय बिरुवा ल्याएर व्यवसाय सुरु गरेका हुन्। यसको फुटको आयु २० बर्षदेखि २५ बर्षसम्म हुने गरेको उनका छोरा मनिष ढकालले बताए ।  

सुरुमा बढी लागत लागेता पनि पछि राम्रो फल दिने भएपछि मनग्ये आमदानी दिने भएकाले ड्राईगन फुटको व्यवसाय सुरु गरेको मनिषले बताए ।  

पछिल्लो समयमा युवाहरु वैदेशिक रोजगारीमा जाने लहर बढी रहेता पनि केही युवाहरुले आफ्नै देशमा पनि केही गर्ने सकिन्छ भन्ने उदेश्यका साथ आफुले सो ब्यवसाय गर्ने थालेको ढकालले बताए । 

आफ्नो बाबू बाजेले समंरक्षण गरेर राखेको खेतीमा  आफैले अहिले धेरैले ड्राईनग खेती गरेर देखेको र विभिन्न सामाजिक संजाललबाट आफुहरुले ड्रागन खेती बारे थाहा पाएको बताए। आफुले पनि यो व्यवसाय सुरु गरेको समेत उनले बताए। पछिल्लो समयमा यो फलको माग बजारमा धेरै रहेको र प्रतिकेजी ५ सयदेखि ७ सय रुपैयाँ सम्म  बिक्रीवितरण हुने गरेको हुनाले आफूले समेत राम्रो आम्दानी देखेर उक्त व्यवसाय सुरु गरेको उनले बताए। 

ड्रागन फलको व्यवसायमा सरकारले सहयोग गरिदिएमा उक्त व्यवसायलाई अझै विस्तार गर्ने योजना रहेको उनले बताए। उक्त फल लाग्न सुरु गरेको एक बर्षदेखि सुरु हुने जानकारी पनी दिए। नेपालमा हामीले गर्ने भनेको आफ्ना उत्पादनको ब्राण्ड निर्माण पनि हो। यो ब्राण्ड निर्माण गर्न सक्यौँ भने यसबाट एकसाथ बिरुवा उत्पादन, मलजल, व्यवस्थापन, बजार विस्तार, प्राविधिक सेवा आदिमा असङ्ख्य रोजगारीको सिर्जना हुनेछ। र, यसले नेपालको समृद्धिको यात्रामा योगदान गर्नुका साथै नेपालीको अनुहारमा खुशी ल्याउन सक्ने ढकालले बताए ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...