News Portal

मोरङ रतुवामाई नगरका युवाहरु ड्राईगन फुट व्यवसायमा आकर्षित

हिमालीसंचार संवाददाता
३०२ पटक

चैत्र-१८, आईतबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-६ स्थित सिजुवामा ४५ बर्षीय  दुर्गाप्रसाद ढकालले गत माघ महिनादेखि ड्रागन खेती गर्ने सुरु गरेका छन। ड्रागन फलको जिब्रोमै झुण्डिने स्वाद र बढ्दो बजारका मागले व्यावसायीक खेतीमा स्थानीय युवाहरु आकर्षित भएका छन ।  

सेतो र रातो जातको यो फलबारे शुरु–शुरुमा विदेश यात्रामा जाने ‘भिआईपी’ नेपालीलाई मात्रै थाहा हुन्थ्यो। तर, अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यमका कारण धेरैले जानकारी पाएपछि पछिल्लो समयमा सिमावर्ती क्षेत्रका कृषकहरु समेत ड्रागन फुट   व्यावसायी खेतीमा युवाहरु अग्रसर हुन थालेका छन्।  

स्थानीय दुर्गप्रसाद ढकाले अहिले एक बिधा खेतमा १२ लाख रुपैयाँ बराबरको लागतमा उक्त व्यवसाय  सुरु गरेका छन्। सुनसरी बाट प्रति गोटा ७० का दरले २४ सय बिरुवा ल्याएर व्यवसाय सुरु गरेका हुन्। यसको फुटको आयु २० बर्षदेखि २५ बर्षसम्म हुने गरेको उनका छोरा मनिष ढकालले बताए ।  

सुरुमा बढी लागत लागेता पनि पछि राम्रो फल दिने भएपछि मनग्ये आमदानी दिने भएकाले ड्राईगन फुटको व्यवसाय सुरु गरेको मनिषले बताए ।  

पछिल्लो समयमा युवाहरु वैदेशिक रोजगारीमा जाने लहर बढी रहेता पनि केही युवाहरुले आफ्नै देशमा पनि केही गर्ने सकिन्छ भन्ने उदेश्यका साथ आफुले सो ब्यवसाय गर्ने थालेको ढकालले बताए । 

आफ्नो बाबू बाजेले समंरक्षण गरेर राखेको खेतीमा  आफैले अहिले धेरैले ड्राईनग खेती गरेर देखेको र विभिन्न सामाजिक संजाललबाट आफुहरुले ड्रागन खेती बारे थाहा पाएको बताए। आफुले पनि यो व्यवसाय सुरु गरेको समेत उनले बताए। पछिल्लो समयमा यो फलको माग बजारमा धेरै रहेको र प्रतिकेजी ५ सयदेखि ७ सय रुपैयाँ सम्म  बिक्रीवितरण हुने गरेको हुनाले आफूले समेत राम्रो आम्दानी देखेर उक्त व्यवसाय सुरु गरेको उनले बताए। 

ड्रागन फलको व्यवसायमा सरकारले सहयोग गरिदिएमा उक्त व्यवसायलाई अझै विस्तार गर्ने योजना रहेको उनले बताए। उक्त फल लाग्न सुरु गरेको एक बर्षदेखि सुरु हुने जानकारी पनी दिए। नेपालमा हामीले गर्ने भनेको आफ्ना उत्पादनको ब्राण्ड निर्माण पनि हो। यो ब्राण्ड निर्माण गर्न सक्यौँ भने यसबाट एकसाथ बिरुवा उत्पादन, मलजल, व्यवस्थापन, बजार विस्तार, प्राविधिक सेवा आदिमा असङ्ख्य रोजगारीको सिर्जना हुनेछ। र, यसले नेपालको समृद्धिको यात्रामा योगदान गर्नुका साथै नेपालीको अनुहारमा खुशी ल्याउन सक्ने ढकालले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...