News Portal

मौसम पूर्वानुमान: यी प्रदेशहरुमा बर्षा र हिमपातको सम्भावना

आजको मौसम
५२९ पटक

चैत्र-१४, बुधबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान पूर्वाञ्चलको कोशी प्रदेशलगायत देशका उच्च हिमाली तथा पहाडी भूभागहरुमा आंशिकदेखि सामान्यतय मौसम बदली रहने समेत महाशाखाले जनाएको छ।

आज बुधबार अपराह्न कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका केही उच्च हिमाली तथ पहाडी भूभागहरुमा मौसम बदली रही बाँकी केहि भूभागहरुमा मौसम आंशिक बदलीदेखि सामान्यतय मौसम सफा रहने समेत महाशाखाले उल्लेख गरेको छ। 

यता, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश र बाँकी पहाडी भूभागका केहि स्थानहरुमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, आज साझ देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतय मौसम बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केहि स्थानहरुमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...