News Portal

मौसम पूर्वानुमानः यी प्रदेशहरुमा चट्याङ्गसहित बर्षा र हिमपातको सम्भावना

हिमालीसंचार संवाददाता
३६८ पटक

चैत्र-६, मंगलबार/काठमाडौ –  नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले पूर्वाञ्चलको कोशी प्रदेश लगायत देशका उच्च पहाडी भूभागहरुमा मौसम आंशिक बदली रही अन्य केही भूभागहरुमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

आज अपह्रान्न मधेस प्रदेश र कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतय मौसम बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। देशका पहाडी भूभागका स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले उल्लेख गरेको छ।

आज साझ पूर्वाञ्चलको कोशी प्रदेशमा आंशिकदेखि सामान्य मौसम बदली रही मधेस प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने छ। कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...