News Portal

मौसम पूर्वानुमानः यी प्रदेशहरुमा चट्याङ्गसहित बर्षा र हिमपातको सम्भावना

हिमालीसंचार संवाददाता
४२२ पटक

चैत्र-६, मंगलबार/काठमाडौ –  नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले पूर्वाञ्चलको कोशी प्रदेश लगायत देशका उच्च पहाडी भूभागहरुमा मौसम आंशिक बदली रही अन्य केही भूभागहरुमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

आज अपह्रान्न मधेस प्रदेश र कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतय मौसम बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। देशका पहाडी भूभागका स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले उल्लेख गरेको छ।

आज साझ पूर्वाञ्चलको कोशी प्रदेशमा आंशिकदेखि सामान्य मौसम बदली रही मधेस प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने छ। कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...