News Portal

मौसम पूर्वानुमानः यी प्रदेशहरुमा सामान्य हिमपातको सम्भावना

हिमालीसंचार संवाददाता
२६५ पटक

चैत्र-४, आइतबार/काठमाडौं – नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज देशका उच्चपहाडी भूभागमा आंशिक मौसम बदली रही अन्य भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

आज अपह्नान्न गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा मौसम आंशिक बदली रही अन्य भूभागमा मौसम  सफा रहने छ। यता, कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले उल्लेख गरेको छ।

आज साझ देशभर आंशिक बदलीदेखि मौसम सफा रहने छ भने गण्डकी प्रदेशको केही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले नियमित बुलेटिनमार्फत उल्लेख गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...