News Portal

अख्तियारमा उजुरीका चाङ, सुर्खेतकै सबैभन्दा बढी उजुरी

हिमालीसंचार संवाददाता
२७८ पटक

वीरेन्द्रनगर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतमा उजुरीको सङ्ख्या दुई हजार ३९ पुगेको छ। कर्णाली प्रदेशको १० जिल्लाबाट आएका अघिल्लो वर्षको ९ सय ४४ र चालु आर्थिक वर्षको १ हजार ९५ गरेर कूल उजुरीको सङ्ख्या २ हजार ३९ पुगेको आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी रत्नचन्द्र गौतमले जानकारी दिएका छन्।

शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, खानेपानी, कृषि वनलगायत क्षेत्रमा आर्थिक अनियमितता, भ्रष्टाचार गरेको आरोपमा उजुरी परेको उनले बताए। परेका उजुरीमध्ये पाँच सय ४९ फर्छ्याैट भएको र एक हजार चार सय ९० फर्छ्याैट हुन बाँकी रहेको उनले जानकारी दिए।

सूचना अधिकारी गौतमका अनुसार चालु आवमा जिल्लागत हिसाबले सबैभन्दा बढी सुर्खेतबाट २ सय ३७ र सबैभन्दा कम डोल्पाबाट ५८ उजुरी परेका छन्।

चालु आ‍.वसहित सुर्खेतको ४ सय १५, दैलेखको ३ सय २१, मुगुको २ सय दुई, कालीकोटको १ सय ९३, जुम्लाको एक सय ७९, हुम्लाको १ सय ७३, रुकुमपश्चिमको १ सय ५९, जाजरकोटको १ सय ४९, सल्यानको १ सय २३ र डोल्पाको १ सय उजुरी सङ्ख्या आयोगमा रहेको उनले बताए।

सूचना अधिकारी गाैतमका अनुसार लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाट २५ उजुरी परेको छ। आयोगले चालु आवको हालसम्म यहाँका ७९ स्थानीय तहको उजुरीको पनि अभिलेखीकरण गरेको छ। स्थानीय तहमा सबैभन्दा बढी मुगुको सोरु गाउँपालिकाबाट ३९ उजुरी परेको आयोगको तथ्यांकले देखाउँछ।

दोस्रोमा जुम्लाको तातोपानी गाउँपालिकाको ३८ र तेस्रोमा दैलेखको गुराँस गाउपालिकाबाट ३० उजुरी परेको सूचना अधिकारी गौतमले जानकारी दिए।

गत र चालु आर्थिक वर्षसहित सोरु गाउँपालिका मुगुका ७९, गुराँस गाउँपालिका दैलेखका ४७, सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका ४५, सर्केगाड गाउँपालिका हुम्लाका ४५, भेरीगङ्गा नगरपालिका सुर्खेतका ४२, तातोपानी गाउँपालिका जुम्लाका ४१ र खाँडाचक्र नगरपालिका कालीकोटका ३५ उजुरी रहेको जनाइएको छ ।

चालु आवको हालसम्म सबैभन्दा कम हुम्लाको नाम्खा, जाजरकोटको बारेकोट, दैलखेको ठाँटीकाँध, जुम्लाको पातारासी गाउँपालिकाबाट एक/एक, सुर्खेतको चिङ्गाड, रुकुमपश्चिको त्रिवेणी, कालीकोटको सान्नी त्रिवेणी, जाजरकोटको शिवालय, कुसे, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, डोल्पोबुद्ध, काइके गाउँपालिका, सल्ल्यानको, कुमाख, हुम्लाको खार्पुनाथ, सिमकोट गाउँपालिका र मुगुको छायाँनाथ रारा नगरपालिकाको दुई/दुई उजुरी परेको सूचना अधिकारी गौतमले बताए।

सूचना अधिकारी गौतमका अनुसार सल्यानको त्रिवेणी गाउँपालिकाबाट चालु आर्थिक वर्षमा परेको एक उजुरी फर्छ्याैट भएको छ भने, कालीकोटको महावै र मुगुको मुगुम कार्मारोङ गाउँपालिकाबाट हालसम्म कुनै उजुरी परेको छैन।

स्थानीय तहमा चालु आवमा ७ सय ६१ र गत वर्षको सरेको ५ सय ९८ गरी १ हजार ३ सय ५८ उजुरी परेकोमा हालसम्म ३ सय ७५ फर्छ्याैट भइसकेका र ९ सय ८४ फर्छ्याैट हुन बाँकी रहेका छन्। रासस।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...