News Portal

रुसी सेनामा भर्ती भएका नेपाली युवाले किन गुहारे भारत ?

योगेन्द्र योगी
३०९ पटक

काठमाडौं। रुसी सेनामा भर्ती भएका ५ नेपाली युवाले आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन भारत सरकारसँग अनुरोध गरेका छन्।

सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै ५ नेपाली युवाले नेपाल सरकारबाट कुनै सहयोग नभएको भन्दै हिन्दी भाषामै बोल्दै आफूहरूलाई उद्धार गरिदिन छिमेकी मुलुक भारतलाई अनुरोध गरेका हुन्।

उनीहरूले आफूहरूलाई एजेन्टले हेल्परको काम दिने भनेर झुक्याएर रुसी सेनामा भर्ना गराएको र उद्धार गर्न नेपाल सरकार र मस्कोस्थित नेपाली दूतावासले कुनै चासो नदिएको भन्दै भारत सरकारलाई उद्धार गरिदिन भनेका हुन्।

आफूहरूसँगै रहेका तीन जना भारतीय नागरिकलाई भारत सरकारले उद्धार गरेपछि आफूहरू झन समस्यामा परेकाले भारत सरकारको साथ खोजेको उनीहरूले बताएका छन्।

उनीहरूले आफूहरूसँगै ३० जना नेपाली रुस पुगेको भए पनि अहिले आफूहरू पाँच जना मात्रै बाँकी रहेको बताएका छन्। कोही साथीलाई कतै पठाएको र कोही गम्भीर घाइते भएको उनीहरूले बताएका छन्।

उनीहरूले भनेका छन्, ‘हाम्रो नेपालबाट केही पनि भइरहेको छैन। यहाँ भएका सबै नेपाली स्वदेश फर्कन चाहन्छौं। नेपाल र भारतबीच राम्रो सम्बन्ध छ। भारत र भारतीय दूतावास शक्तिशाली छ।’

रुसमा फसेका नेपालीले नेपाल सरकारसमक्ष गरेको गुनासो बेकार भएकाले उद्धार गर्न भारत सरकारसँग अपिल गर्नुपरेको उनीहरूले बताएका छन्। उनीहरूले आफूहरूलाई रुसी सेनामा सहयोगीको कामको बहानामा रुस पठाउने ट्राभल एजेन्टहरूले ठगेको समेत गुनासो गरेका छन्।

‘यसकारण हामी तपाईंहरूसँग मद्दत माग्न चाहन्छौं,’ उनीहरूले हिन्दी भाषामै भनेका छन्, ‘हमारे नेपालसे कुछ नहीं हो रहा है। हम चाहते हैं कि यहाँ मौजुद सभी नेपाली अपने वतन लौट चाहते हैं। नेपाल और भारतकेबीच अच्छे सम्बन्ध हैं। भारत और भारतीय दूतावास शक्तिशाली है। इसलिए हम आपसे मदत माँगना चाहते है।’

उनीहरूले भारत सरकारले भारतीयलाई जस्तै आफूहरूलाई पनि उद्धार गर्नेमा ढुक्क रहेको बताएका छन्। हरेक दिनजसो रुसी सेनामा भर्ती भएका नेपालीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै रुस नआउन र आफूहरूलाई उद्धार गर्न अपिल गर्ने गरेका छन्।

अहिलेसम्म रुसी सेनामा कार्यरत १३ नेपालीले ज्यान गुमाइसकेका छन् भने धेरै नेपाली घाइते तथा अंगभंग भएका छन्। सीएनएनका अनुसार रुसी सरकारले गत वर्ष विदेशी लडाकुलाई देशको सेनामा भर्ना हुन आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार नेपाली रुसी सेनामा भर्ना भएको अनुमान गरिएको छ।

यस्तै रुसी सेनामा भर्ती भएका ४ नेपाली युक्रेनमा बन्धक बनेका छन्। युक्रेनमा बन्धक हुनेहरूमा बर्दियाको राजापुर गाउँपालिका–१ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका–२ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका–८ का प्रतीक पुन रहेका छन्।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...