आज : २०२६-०९-२१, सोमबार

मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा सामान्यतय मौसम सफा, हल्का हिमपातको सम्भावना

फाल्गुण-३०, बुधबार/काठमाडौँ –  नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज देशको केही पहाडी भूभागहरुमा आंशिक रुपमा मौसम बदली रही अन्य भूभागको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आज अपह्रन्न देशका केही पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सफा रहने समेत महाशाखाले उल्लेख गरेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा मौसम बदली रही सामान्य हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।

आज साझ सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्यतय मौसम बदली रही अन्य केही भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतय मौसम सफा रहने छ। 

त्यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा  सामान्य हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।