News Portal

आज फाल्गुण-२९, मंगलबारको राशीफल हेरेर तपाईको शुभ दिनको शुरुवात गर्नुस्

आजको राशीफल
३८७ पटक

श्री शाके १९४५ विस २०८० फाल्गुन २९ गते मंगलबार इश्वी सन् २०२४ मार्च १२ तारीख फाल्गुनशुक्ल पक्ष द्वितिया तिथी रेवती नक्षत्र शुक्ल योग तैतिल करण चन्द्रमा मिन राशिमा आनन्दादी योगमा शुभ योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण शिशिर ऋृतु।

– ज्यो.पं सरोज घिमिरे

मेष राशीः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – तपाईले आज साजेदारी कार्यमा विशेष सजग रहनु होला। तर, कुनै पनी नयाँ कार्यको थालनी गर्न राम्रो समय रहेको छ। आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुने योग रहेको छ। तपाईको बोलीको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्ने छ। मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहने छ। आज तपाईले कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहने छ ।

बृष राशीः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईले सम्पादित गरेका कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आई पर्ने छ। तपाईको मान्यजन तथा पारिवारीक सहयोगमा केहि दुरताको सामना गर्नु पर्ला। भौतिक साधनको प्रयोगमा विशेष ध्यान दिनु राम्रो रहने छ। बिद्या तथा बौद्धिक क्षेत्रमा भने राम्रो समय रहेको छ। सामाजिक कार्यमा जुट्ने समय रहेको छ। आज सवारी साधनको प्रयोमा ध्यान पूर्याउनु होला ।

मिथुन राशीः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज तपाईले कामकाजको क्षेत्रमा भने विशेष सजग रहनु होला। नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुने छ। आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाईहरु टाडिएको अनुभव हुन सक्ला। मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेको छ। अपरीचित ब्यत्तिहरुको विश्वासमा नपरेकै राम्रो हुने छ।  

कर्कट राशीः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाईको बोलिको गलत अर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला। तपाईको संचित रकम खर्च हुन सक्ने छ। तपाईले खानपानमा विशेष ध्यान दिनु होला। सामान्य चोट पटक वा स्वास्थ्य सम्बन्धी समस्याको सामना गर्नु पर्ने छ। तपाईको मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ। आज सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेको छ ।

सिंह राशीः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – ब्यापार ब्यवसायमा सामान्य समस्या देखा पर्न सक्ने छ । तपाईको खुट्टा तान्ने ब्यक्तिहरुको बृद्धि हुनाले कार्यसम्पादनमा विशेष होसियार हुनु पर्ने छ । तपाईकौ निर्णय गर्ने क्षमतामा कमी आउने छ । तपाईको आज खानपानमा विशेष आभिरुची जाग्ने छ। तपाईको दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने योग रहेको छ। तपाईको सरल मिजासले मित्रजनहरु आकर्षित हुने योग रहेको छ ।

कन्या राशीः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – तपाईको खुट्टा तान्ने ब्यक्तिहरुबाट बच्नु पर्ने समय रहेको छ। सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पर्ला । तपाईको आर्थिक अभाबको सामन गर्नु पर्ला । आज तपाईको मनमा सामान्य चिन्ताले बास गर्ने योग रहेको छ। आज तपाईको खानपानको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेको छ । तपाईको कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुने छ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

तुला राशीः र, रि, रु, रे, रो, ता, ति, तु, ते – तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । आज तपाईको पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउने योग रहेको छ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुने छ । तपाईको बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्ने छ ।

बृश्चिक राशीः तो, ना, नि, नु, ने, नो, या, यि, यु – सबारी साधनको प्रयोगमा विशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । आम्दानी मध्यम रहला। बिद्या तथा बौद्धिक क्षेत्रमा भने राम्रो समय रहेको छ। सबारी साधनको प्रयोगमा विशेष साबधानी अपनाउनु होला ।

धनु राशीः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – तपाईको आटँ शाहसमा बृद्धि हुनाले तपाईका विपक्षीको कमजोर रहने छ । आज तपाईको सामान्य यात्रा हुने योग रहेको छ। आज मित्र तथा दाजु-भाई बिचको सम्बन्धमा सुधार आउने छ । आज तपाईलाई श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । तपाईले  नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुने छ। आज तपाईको आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाईहरु टाडिएको अनुभव हुन सक्ला ।

मकर राशीः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज तपाईको खानपानको क्षेत्रमा विशेष ध्यान दिनु होला। तपाईले आजको लगानी भोलिका निम्ति फाईदा हुने योग रहेको छ। अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अपजस आउने योग रहेको छ । सामान्य चोट पटक वा स्वास्थ्य सम्बन्धी समस्याको सामना गर्नु पर्ला। नजिकका मित्रजनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ। आज तपाईले अरुको विश्वास नगरेको राम्रो हुने छ।  

कुम्भ राशीः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईलाई मानसिक चञ्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । आज तपाईलाई पारिवारीक झोर झमेलाले सताउन सक्छ । आज तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्ने योग रहेको छ । तपाईको सरल मिजासले मित्रजनहरु आकर्षित हुने योग रहेको छ। तपाईका अधुराकार्य सम्पादनका निम्ति समय उत्तम रहने छ । तपाईलाई शारीरिक आलस्यताका कारण तपाईको कार्यक्षेत्रमा अपजसको सम्भावना रहेको छ ।

मिन राशीः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – अरुको विश्वास गर्नाले तपाईलाई धोका हुन सक्छ । तपाईका खुट्टा तान्ने ब्यक्तिहरुबाट बच्नु पर्ने समय रहेको छ। पारीवारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । तात्कालिन आर्थिक अभावको सामना गर्नु पर्ला । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले तपाईले गरेका कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुने योग रहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...