News Portal

आज फाल्गुण-२५, शुक्रबारको राशीफल हेरेर तपाईको शुभ दिनको शुरुवात गर्नुस्

फाल्गुण-२५, शुक्रबारको राशीफल
३१० पटक

श्री शाके १९४५ विस २०८० फाल्गुन २५ गते शुक्रबार इश्वी सन् २०२४ मार्च ८ तारीख फाल्गुनकृष्ण पक्ष त्रयोदशी तिथी श्रवण नक्षत्र शिव योग गर करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा धुम्र योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण शिशिर ऋृतु प्रदोषव्रत, महाशिवरात्री चतुर्दशीव्रत, सिलाचःह्रे पूजा, कान्तिपुरको पशुपतिनाथका साथै हलेसींमहादेव लगायत देशविदेशका शिवालयमा शिवरात्रिमेला, नेपाली सेना दिवस, नारीदिवस। 

– ज्यो.पं सरोज घिमिरे

मेष राशीः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ । सामाजिक कार्यका क्षेत्रमा सहभागिता जनाउने अवसर प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेनछ । 

बृष राशीः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ। कार्य सम्पादनमा विलम्ब हुनाले सामान्य अप्जस सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँको भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

मिथुन राशीः का, कि, कु, घ, ङ, छ, के, को, ह – शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला। सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । आम्दानी मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ। नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ ।

कर्कट राशीः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – जीवन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ। मानसीक चञ्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ। बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ। कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

सिंह राशीः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ विशेष ध्यान दिनु होला। मनमा चञ्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला। शुभ चिन्तकको बृद्धि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।

कन्या राशीः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आय आर्जनमा बृद्धि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्धि गर्नेछ। आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौद्धिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ ।

तुला राशीः र, रि, रु, रे, रो, ता, ति, तु, ते – पारीवारिक मनोरञ्जनका निम्ति धेरै समय र पैसा खर्चनु पर्नेछ। आफन्तजनको सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ। पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला ।

बृश्चिक राशीः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आफ्नै घमन्डका कारण दाजु-भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ। भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ। आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला। प्रतिपक्ष सबल रहनाले तपाईलाई आफ्नो कमजोरीको महसुस हुनेछ ।

धनु राशीः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आफन्तजनबिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थ्यमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ। सामान्य बादबिबादको चक्करकाट्नु पर्नेछ। अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

मकर राशीः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – परीवारका कोहि सदस्यहरुको स्वास्थ्यमा खराबी आउन सक्नेछ। तपाईको मान प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ । तपाईको मनमा आट र शाहसको कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जीवन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ। तपाईको सहि निर्णय हुन नसक्दा परीवारिक कलहको सामाना गनुपर्नेछ ।

कुम्भ राशीः गु, गे, गो, सा, सि, सु, से, सो, द – शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ। अनावश्यक खर्च नियन्त्ररण गर्न गाह्रो पर्न सक्छ। आफ्नो प्रिय ब्यक्तिसगँको बियोगले मन निरुत्साहित रहला ।

मिन राशीः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ। आय आर्जनको लागि राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ। नयाँ मित्रसगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ। आम्दानी बृद्धिका लागि विद्धत्व ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला। आज तपाईको आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...