News Portal

  • अर्थमन्त्रीलाई दुर्गा प्रसाईंको चुनौती: समातेर देखाए हुन्छ

    हिमालीसंचार संवाददाता
    १८८ पटक

    काठमाडौं। नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण नतिर्ने अभियान चलाउनेलाई प्रक्राउ गर्ने चेतावनी दिएको केहीबेरमै मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जवाफ फर्काएका छन्।

    बैंकको ब्याज नतिर्नेलाई पक्राउ गरेर देखाउन प्रसाईँले भनेका छन्। बैंकले अचाक्ली ब्याज बढाएर घरजग्गा लिलामी भएका जनताको पक्षमा आफू उभिएको दाबी गर्दै प्रसाईले ऋण नतिर्नेहरुलाई प्रक्राउ गरेर देखाउन मन्त्री पुनलाई चेतावनी दिएका हुन्।

    अर्थमन्त्री पुनले विहीबार सिंहदरबारमा बैंकरहरुसँगको भेटमा बैंकको ऋण नतिर्न उक्साउनेहरुलाई सरकारले नियन्त्रणमा लिने बताएका थिए। प्रधानमन्त्री दाहालले पनि ऋण नतिर्नेहरुमाथि सरकार कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएको मन्त्री पुनको भनाइ थियो।

    मन्त्री पुनको भनाइपछि प्रसाईँले भने, ‘बैंकको ऋण तिर्दिनँ हामीले भनेका छैनौँ, गरिब सर्वहारावर्गले भनेका छन्। जसले उनलाई भोट दिए, तिनले नै तिर्दिनँ भनेका छन्, अब तिनलाई के गर्छन् यिनले ?’

    आफू सुन तस्करीको प्रकरण जोडिएर सर्वहारा वर्गको हितविपरीत चेतावनी दिनु अर्थमन्त्रीको नैतिकता विपरीत भएको प्रसाईँको आरोप छ। आफ्नो अभियानबाट आत्तिएर कम्युनिष्ट शक्तिहरुले गठबन्धन गरेको प्रसाईले बताए।

    तत्कालीन गृहमन्त्री नारायणकाजीले खोलेका भ्रष्टाचारको फाइलबाट बच्न अहिलेको गठबन्धन बनेको बताउँदै प्रसाईँले भारतको चुनावपछि यो गठबन्धन भत्किने दाबीसमेत गरे। उनले रवि लामिछानेलाई पनि आफूले चुनौती दिने र चितवनबाट भ्रष्टहरुको नाम सार्वजनिक गर्ने बताए।

    मेडिकल व्यवसायी प्रसाईले पछिल्लो समय मिटरब्याजी, लघुवित्त, फाइनाइन्स, सहकारी र बैंकको ब्याजबाट पीडितहरुका विरुद्ध अभियान चलाउँदै आएका छन्। उनको यो अभियानबाट त्रसित र हैरान बनेका बैंकरहरुले विहीबार अर्थमन्त्री पुनसँग गुनासो सुनाएका थिए।

    तर, केपी ओलीविरुद्ध कडा आलोचना गर्दै आएका प्रसाईंले भने अहिले ओली र प्रचण्डवीचको गठबन्धन आफ्नै अभियानको डरले गर्दा बनेको दाबी गरे। प्रसाईंलाई कसैले माने पनि नमाने पनि समाजमा उनका आक्रामक भनाइ सुन्नेहरुको संख्या बढ्दो छ।

    नयाँ गठबन्धन सरकारका अर्थमन्त्री वर्षमान पुनको अभिव्यक्तिबारे प्रसाईँको प्रतिक्रिया उनकै शब्दमा–

    अब यो देशको वैकल्पिक शक्ति भनेका जनता हुन्। सर्वहारा वर्ग र भुइँमान्छेहरु हुन्। गठबन्धन त धेरै भए यो ३४ वर्षको अवधिमा। ०४६ सालदेखि धेरै प्रधानमन्त्री बने। राजनीति केबल राजनीति गर्नका लागि होइन, देश विकास गर्नका लागि हो। तर, नेपालमा भएका सबै दलको राजनीतिले देश कंगाल बन्यो। देशमा आज बूढाबूढी मात्रै छन्। देश वृद्धाश्रम बनाए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओली : ‘सिंगै नेपाल र कर्णाली बन्दैछन्, सबैको योगदान जरूरी

    काठमाडौं, भदौ ५ – प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगै नेपाल समृद्ध बनाउने लक्ष्यका लागि सबै...

    मिटरब्याज धन्दामा संलग्न कविराज कटुवाल पक्राउ

    ललितपुर, भदौ ५ – थोरै लगानीमा उच्च ब्याज असुल्ने ‘मिटरब्याज’ धन्दा सञ्चालन गरेको आरोपमा सिन्धुपाल्चोक...

    मधेशमा प्रभावकारी विद्युत् आपूर्तिका लागि मन्त्री खड्काको निर्देशन

    काठमाडौं, भदौ ५ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मधेश प्रदेशमा प्रभावकारी र...

    गोरखामा बेपत्ता पुरुष मृत फेला, खोजीमा संलग्न अर्काको पनि निधन

    गोरखा, भदौ ५ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ सिप्चेतका रिनजिन लामा मृत अवस्थामा फेला परेका...

    सदस्यता विवादबीच पूर्व राष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : “म एमालेकै कार्यकर्ता हुँ”

    काठमाडौँ, भदौ ५ – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक यात्रा र पार्टीप्रतिको निष्ठाबारे स्पष्ट...