News Portal

  • आज फाल्गुण-२४, बिहिबारको राशीफल हेरेर तपाईको शुभ दिनको शुरुवात गर्नुस्

    आज फाल्गुण-२४, बिहिबारको राशीफल
    २९९ पटक

    श्री शाके १९४५ विस २०८० फाल्गुन २४ गते बिहिबार इश्वी सन् २०२४ मार्च ७ तारीख फाल्गुनकृष्ण पक्ष द्वादशी तिथी उत्तराषाढा नक्षत्र परिघ योग कौलव करण चन्द्रमा मकर राशिमा आनन्दादी योगमा ध्वाँक्ष योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋृतु।

      – ज्यो.पं सरोज घिमिरे

    मेष राशीः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आफन्तजनको साथ सहयोगमा कमी आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । पारीवारिक स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ कार्य थालनिको योग रहेकोछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला ।

    बृष राशीः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – अपरीचित ब्यत्तिहरुको विश्वासमा नपरेकै बेश हुने छ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन। भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला। प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

    मिथुन राशीः का, कि, कु, घ, ङ, छ, के, को, ह – खानपानका क्षेत्रमा विशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ। सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेको छ। ब्यापार ब्यवसाय मध्यम रहला । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला ।

    कर्कट राशीः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ। ब्यापार ब्यवसायका निम्ति उत्तम समय रहेको छ। मानसिक चञ्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेको छ । दाजु-भाई तथा मित्रजनहरु सँगको सम्बन्ध टाढिन सक्छ। परीवारका कोहि सदस्यहरुको स्वास्थ्यमा खराबी आउन सक्नेछ ।

    सिंह राशीः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – स्वास्थ्यको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेको छ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ। शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

    कन्या राशीः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – अध्ययन अध्यापनका निम्ति अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्वहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेको छ। मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

    तुला राशीः र, रि, रु, रे, रो, ता, ति, तु, ते – कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ। प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ्य सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

    बृश्चिक राशीः तो, ना, नि, नु, ने, नो, या, यि, यु – अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ। मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ। पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।

    धनु राशीः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – खानपानको गडबडीका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ। नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

    मकर राशीः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जीवन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ। अन्य ब्यक्तिको पूर्ण विश्वास नगर्नु होला ।

    कुम्भ राशीः गु, गे, गो, सा, सि, सु, से, सो, द – नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ। स्वास्थ्य क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ विशेष ध्यान दिनु होला । अरुको कुरामा विशेष ध्यान नदिनु होला ।

    मिन राशीः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले तपाईको मन हर्षित रहला। बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्धि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ। बौद्धिक क्षेत्रको विकासले तपाईको मान सम्मानमा बृद्धि गर्ने योग रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध एलिनाको कडा कदम : चारजनाविरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाडौं, असार १६ – गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक व्यवहार गर्नेहरूको विरुद्धमा...

    महिलाको अश्लील भिडियो बनाएर बेच्ने युवक पक्राउ

    काठमाडौं, असार १६ — अश्लील फोटो तथा भिडियो तयार पारेर बेचबिखनमा संलग्न एक युवकलाई प्रहरीले...

    काठमाडौँ महानगरमा बजेट विवाद चुलिदैँ : प्रवक्ता मानन्धर फेरि मेयर बालेनको कित्तामा

    काठमाडौं, असार १६ – राजधानीको काठमाडौँ महानगरपालिकामा समयमै नयाँ आर्थिक वर्षको बजेट ल्याउन नसक्दा आन्तरिक...

    हृदयघात हुनु १ महिना अघि देखिने संकेतहरू

    आजकालको व्यस्त जीवनशैली, तनाव, अनियमित खानपान र शारीरिक निष्क्रियताले गर्दा हृदयघातको जोखिम बढ्दै गएको छ।...

    थाइल्यान्डबाट भारत भित्र्याउन लागिएका २० सर्पसहित एक यात्रु मुम्बई विमानस्थलमा नियन्त्रणमा

    नयाँदिल्ली, असार १६ – थाइल्यान्डबाट भारततर्फ ल्याइँदै गरेका दुर्लभ प्रजातिका जीवित सर्पहरू मुम्बई विमानस्थलमा जफत...