News Portal

  • आज फाल्गुण-२३, बुधबारको राशीफल हेरेर तपाईको शुभ दिनको शुरुवात गर्नुस्

    फाल्गुण-२३, बुधबारको राशीफल
    २४१ पटक

    श्री शाके १९४५ विस २०८० फाल्गुन २३ गते बुधबार इश्वी सन् २०२४ मार्च ६ तारीख फाल्गुनकृष्ण पक्ष एकादशी तिथी पूर्वाषाढा नक्षत्र व्यतीपात योग वव करण चन्द्रमा धनु राशिमा आनन्दादी योगमा श्रीवत्स योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋृतु विजयाएकादशीव्रत ।

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशीः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – बल तथा पराक्रममा बृद्धि हुनेछ । साथीभाईहरुको  सहयोगमा जटिलकार्यहरु सम्पादन हुनेछन । धार्मिक यात्राको सम्भाबना रहेकोछ । तपाईको कार्य क्षेत्रको लापरवाहिले महत्वपूर्ण सामान हराउन सक्ने सम्भाबनाका कारण कार्य क्षेत्रमा सामान्य अपजसको सामना गर्नु पर्ला । भौतिक साधनका क्षेत्रमा सामान्य खर्च हुनसक्नेछ ।

    बृष राशीः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – वाणिका कारण आफन्तजनहरुसगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ। भोजभतेर जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । स्वास्थ्यमा सामान्य समस्या देखापर्ने सम्भाबना रहेकोछ। सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्नेछ । आम्दानिका श्रोत फेलापरेता पनि शारीरिक आलस्यताले भने सताउनेछ।

    मिथुन राशीः का, कि, कु, घ, ङ, छ, के, को, ह – पारिवारिक सहयोगद्वारा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ। तपाईले गरीरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । गरीरहेको कार्यका क्षेत्रमा सामान्य वादविवादको सम्भाबना रहेकोछ। प्रेम सम्बन्धमा भने प्रगाढता छाउनेछ ।

    कर्कट राशीः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – शुभ चिन्तकहरुको सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन। तपाईको स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ। मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ। यात्राका क्षेत्रमा विशेष साबधानी अपनाउनु उत्तम रहनेछ। आज प्रतिस्पर्धा कार्यमा अब्बल स्थान प्राप्त रहने योग रहेको छ ।

    सिंह राशीः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – नयाँ लगानिका निम्ति समय उत्तम साबित रहनेछ । आयआर्जनका विभिन्न श्रोतहरु फेला पर्नेछन । विशिष्ट ब्यत्तिहरुको सहयोगमा नयाँ कार्यको प्रारम्भ हुने योग रहेको छ । आज तपाईको अध्ययन अध्यापनमा अधिक समय ब्यतित गर्नुपर्नेछ । आफुभन्दा सानाको स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना समेत रहनेछ ।

    कन्या राशीः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहनेछ । स्थीर क्षेत्रमा गरिएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन तथा सामाजिक कार्यमा अग्रसर रहने योग रहेको छ। मान्यजनहरुको साथ सहयोगमा कमि महसुस रहने छ । तपाईले गरीरहेको कार्य श्रेत्रबाट मान सम्मान प्राप्तिको योग बन्ने छ ।

    तुला राशीः  र, रि, रु, रे, रो, ता, ति, तु, ते – विश्वासिला मित्रजनहरुबाट धोका हुन सक्ने छ। तपाईले गरीरहेका कार्यमा सामान्य तनावको सामना गर्नुपर्नेछ। आज सबारी साधनको यात्रामा विशेष सजग रहनुहोला। आज प्रतिस्पर्धा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ। सामाजिक कार्यको विशेष दायित्व हात लाग्ने सम्भाबना रहेको छ।

    बृश्चिक राशीः तो, ना, नि, नु, ने, नो, या, यि, यु – स्थीर क्षेत्रमा लगाईएको आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । आज सभा सम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेको छ। खानपानमा विशेष साबधानि अपनाउनु होला । अरुको अनुशरणले तपाईलाई समान्य अपजस हुने योग रहेको छ ।

    धनु राशीः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – तपाईको सरल मिजासले मित्रजनहरु आकर्सित हुने योग रहेको छ। जीवन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउने छ। नेतृत्व गर्ने क्षमतामा बृद्धि हुने छ पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहने छ । तपाईको पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ ।

    मकर राशीः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – मित्र जनको सहयोगमा कमि महसुस हुनेछ । पारीवारीक मेलमीलापमा सुधार आउने छ । ब्यापार ब्यवसायमा सोचेअनुरुपको लाभ प्राप्त नहोला । मानसीक चन्चलताको सामना गर्नु पर्ने छ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस हुनेछ। सामान्य खर्च हुने योग रहेको छ ।

    कुम्भ राशीः  गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईको आय आर्जनका निम्ति उत्तम समय रहेको छ। साजेदारी तथा नयाँ कार्यको थालनी भने दीर्घकालिन नरहला। आज अध्ययन अध्यापनका निम्ति समय उत्तम रहेको छ। आज तपाईलाई मान्यजनहरुको सहयोगमा विशेष कार्यहरु सम्पादित रहने छ । शिप मुलक कार्यका क्षेत्रबाट आम्दानी दिर्घकालिन हुने योग रहेको छ ।

    मीन राशीः  दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईको कार्य सम्पादनमा दृणताको कमिले अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ। स्वास्थ्यका क्षेत्रमा भने सामान्य सुधार आउनेछ। परीवारका सदस्यहरुसगँ क्षणीक बियोगको सम्भाबना रहेको छ। आज प्रतिस्पर्धा जन्य कार्यमा सजग रहनु उत्तम हुने छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेत सुरक्षासंस्थाले मेथानोल आपराधिक नेटवर्क विघटन अवैध कारखाना नियन्त्रण

    कुवेत -कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री महामहिम शेख फहद युसुफ साउद अल–सबहको संरक्षणमा र आन्तरिक...

    आज २०८२ साल भदौ १ गतेको राशिफल

    आज भदौ १, २०८२ (अगस्त १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...