News Portal

दार्चुलामा प्रहरीलाई चक्कु प्रहार गरी फरार युवक सदरमुकाम खलंगाबाट पक्राउ

नरेन्द्रसिंह कार्की
२४१ पटक

दार्चुला। ड्युटीमा खटिएका प्रहरी जवान डम्बरबहादुर ठगुन्नालाई गत माघ ७ गते चक्कु प्रहार गरी फरार रहेका महाकाली नगरपालिका– १ का २३ वर्षीय उमेशसिह कुँवरलाई प्रहरीले सदरमुकाम खलंगाबाट पक्राउ गरेको छ।

सामुदायिक प्रहरी बंगाबगडमा कार्यरत रहेका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान ठगुन्नामाथि कुँवरले आक्रमण गरेका थिए।

उमेशले पत्नी धनिशा कुँवरलाई बन्दकी बनाएर कुटपिट गर्ने गरेको भन्दै सामुदायिक प्रहरीमा उजुरी परेको थियो। उजुरीपछि पीडितको घरमा उमेशलाई छलफलका लागि बोलाउन गएका वेला प्रहरीमाथि आक्रमण भएको थियो।

प्रहरीमाथि चक्कु प्रहार गरेपछि ठगुन्नाको आँखाको तल्लो भागमा चोट लागेको थियो भने प्रहरी जवानको जिल्ला अस्पताल दार्चुलामा उपचार भयो। प्रहरीलाई आक्रमण गरे लगत्तै फरार रहेका उनलाई सदरमुकाम खलंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी इन्स्पेक्टर गोविन्द भण्डारीले जानकारी दिए।

फरार लगत्तै कुँवर भारतमा लुकेर बसेका थिए। ड्युटीमा खटिएका प्रहरीलाई चक्कु प्रहार गर्ने युवकमाथि प्रहरीले अपहरण तथा बन्दकी, ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको भण्डारीले बताए।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...