News Portal

दार्चुलामा प्रहरीलाई चक्कु प्रहार गरी फरार युवक सदरमुकाम खलंगाबाट पक्राउ

नरेन्द्रसिंह कार्की
२५३ पटक

दार्चुला। ड्युटीमा खटिएका प्रहरी जवान डम्बरबहादुर ठगुन्नालाई गत माघ ७ गते चक्कु प्रहार गरी फरार रहेका महाकाली नगरपालिका– १ का २३ वर्षीय उमेशसिह कुँवरलाई प्रहरीले सदरमुकाम खलंगाबाट पक्राउ गरेको छ।

सामुदायिक प्रहरी बंगाबगडमा कार्यरत रहेका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान ठगुन्नामाथि कुँवरले आक्रमण गरेका थिए।

उमेशले पत्नी धनिशा कुँवरलाई बन्दकी बनाएर कुटपिट गर्ने गरेको भन्दै सामुदायिक प्रहरीमा उजुरी परेको थियो। उजुरीपछि पीडितको घरमा उमेशलाई छलफलका लागि बोलाउन गएका वेला प्रहरीमाथि आक्रमण भएको थियो।

प्रहरीमाथि चक्कु प्रहार गरेपछि ठगुन्नाको आँखाको तल्लो भागमा चोट लागेको थियो भने प्रहरी जवानको जिल्ला अस्पताल दार्चुलामा उपचार भयो। प्रहरीलाई आक्रमण गरे लगत्तै फरार रहेका उनलाई सदरमुकाम खलंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी इन्स्पेक्टर गोविन्द भण्डारीले जानकारी दिए।

फरार लगत्तै कुँवर भारतमा लुकेर बसेका थिए। ड्युटीमा खटिएका प्रहरीलाई चक्कु प्रहार गर्ने युवकमाथि प्रहरीले अपहरण तथा बन्दकी, ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको भण्डारीले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...