श्री शाके १९४५ विस २०८० फाल्गुन २२ गते मंगलबार इश्वी सन् २०२४ मार्च ५ तारिख फाल्गुनकृष्ण पक्ष दशमी तिथी मूल नक्षत्र सिद्धि योग वणिज करण चन्द्रमा धनु राशिमा आनन्दादी योगमा छत्र योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण शिशिर ऋृतु।
– ज्यो.पं सरोज घिमिरे
मेष राशीः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँको भेटघाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भावना रहेको छ । अचल सम्पतीमा ह्रास आउनाले कामको क्षेत्रमा समान्य ढिलाई हुन सक्छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला ।
बृष राशीः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आम्दानी मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भावना रहेको छ। नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । तपाईले आज कुनै पनि निर्णय हतासमा नगरैकै बेस हुनेछ । आज तपाईले कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला। तपाईको कुनै मुल्यवान मालसामान हराउन सक्ला ।
मिथुन राशीः का, कि, कु, घ, ङ, छ, के, को, ह – जीवन साथीको सहयोगले गरिएको ब्यापार ब्यवसायमा मनग्य लाभ मिल्नेछ । मान्यजनको सहयोगद्वारा गरीएका कार्यहरु सजिलै पुर्ण हुनेछन । बोलिको प्रभाबको कारण मान्यजनको साथ पाईनेछ । तपाईको कार्य सम्पादनका क्षेत्रमा सावधानी साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।
कर्कट राशीः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – शुभ चिन्तकको बृद्धि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । अरुको पुर्ण विश्वासले तपाईलाई आघात दिलाउला । संचित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनी नगरेकै बेस होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला ।
सिंह राशीः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – तपाईले आज आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौद्धिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्ने योग छ । मातृ पक्षको स्वास्थ्यमा देखापरेको असरले सामान्य समस्या पैदा गर्न सक्ने छ । आज तपाईले गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ ।
कन्या राशीः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले तपाईको मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा पर्नाले तपाईको दिन निरासा पुर्ण रहला । आज तपाईको कार्य क्षेत्रमा लगाईको श्रमको उचित मुल्यांकन हुनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
तुला राशीः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज तपाईको आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्ष सबल रहनाले तपाईलाई आफ्नो कमजोरीको महसुस हुनेछ । तपाईको आज मनोरञ्जन पुर्ण यात्राको योग रहेको छ । हतासमा गरीएको कार्यले झन्झट हुन सक्छ । तपाईको पारीवारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य यात्रा हुन सक्छ । भोगबिलासमा समय ब्यतित हुने योग रहेको छ ।
बृश्चिक राशीः तो, ना, नि, नु, ने, नो, या, यि, यु – स्वास्थ्यमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । आज तपाईको दम्पति बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थ्य क्षेत्रमा ध्यान दिएको बेस हुने छ ।
धनु राशीः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – तपाईको जीवन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । जिद्धी स्वभाव तथा अरुले देखाएको बाटो अनुशरण नगर्नाले सामान्य दुर्घटना निम्त्याउला । सबारी साधनको प्रयोगमा ध्यान दिनु होला । तपाईले सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ । ब्यापार ब्यवसायमा समय खर्चिदा उत्तम रहनेछ ।
मकर राशीः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज तपाईको आफ्नो प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला । अन्य ब्यक्तिको विश्वास गर्ने बानिमा सुधार ल्याउनु पर्नेछ । तपाईको लापरबाहले धनमालमा सामान्य क्षति हुने सम्भावना रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मान्यजनको सहयोगबाट बिग्रन लागेको काम बन्नेछ ।
कुम्भ राशीः गु, गे, गो, सा, सि, सु, से, सो, द – तपाईको ईज आम्दानी बृद्धिका लागि विद्धोत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक हुने छ । मित्र जनको सहयोगबाट मन प्रशन्न रहला । बोलिको कारणले साथी-भाई टाढिन सक्छन । तपाईको आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ ।
मिन राशीः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – तपाईको स्वास्थ्य सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थिक बिकासको बाटो फेला पर्ने छ। मेहेनतको राम्रो फल प्राप्त हु्नेछ । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ ।