News Portal

मौसम पूर्वनुमानः आज यी प्रदेशहरुमा बर्षा र हिमपातको सम्भावना

मौसम पूर्वनुमान
२०७ पटक

फाल्गुन-२१, सोमबार/काठमाडौं – नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको कारण आज देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्यतय मौसम बदली रही बाँकी भूभागहरुमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

आज देशका गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागहरुको पहाडी भूभागका केही क्षेत्र/स्थानहरुमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

अहिले बिहान देशभर आंशिकदेखि सामान्यतय मौसम बदलीको अवस्था रहेको छ। यता कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज प्रदेशका केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले बुलेटिनमार्फत उल्लेख गरेको छ।

आज साझ कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पूर्वको कोशी र गण्डकी प्रदेशका पहाडी केही भूभागमा आंशिक मौसम बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...