News Portal

मौसम पूर्वनुमानः आज यी प्रदेशहरुमा बर्षा र हिमपातको सम्भावना

मौसम पूर्वनुमान
२५१ पटक

फाल्गुन-२१, सोमबार/काठमाडौं – नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको कारण आज देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्यतय मौसम बदली रही बाँकी भूभागहरुमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

आज देशका गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागहरुको पहाडी भूभागका केही क्षेत्र/स्थानहरुमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

अहिले बिहान देशभर आंशिकदेखि सामान्यतय मौसम बदलीको अवस्था रहेको छ। यता कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज प्रदेशका केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले बुलेटिनमार्फत उल्लेख गरेको छ।

आज साझ कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पूर्वको कोशी र गण्डकी प्रदेशका पहाडी केही भूभागमा आंशिक मौसम बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...