श्री शाके १९४५ विस २०८० फाल्गुन २१ गते सोमबार इश्वी सन् २०२४ मार्च ४ तारिख फाल्गुनकृष्ण पक्ष नवमी तिथी ज्येष्ठा नक्षत्र वज्र योग तैतिल करण चन्द्रमा वृश्चिक राशिमा पश्चात धनु राशिमा आनन्दादी योगमा पद्य योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण शिशिर ऋृतु।
– ज्यो.पं सरोज घिमिरे
मेष राशीः चु, चे,चो, ला, लि, लु, ले, लो, अ – कोध्रको कारण मानसिक चिन्ता हुन सक्छ । विश्वासिला ब्यत्तित्वहरुबाट धोका हुन सक्ने योग रहेको छ। आज खानपानका कारण तपाईको स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्छ । गैर विश्वसनिय कुराको पछि नलागेकै उत्तम रहने छ । आज तपाईको मध्यान पश्चात सामान्य यात्रा हुन सक्छ। भाग्योदयका निम्ति मित्रजनहरुको सहयोग आवश्यक रहेको छ ।
बृष राशीः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – साझेदारी कार्यमा आज तपाईले हात नहाल्नु होला। जीवन साथिको सहयोगद्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त हुने योग रहेको छ । तपाईको पारीवारमा आज कलहमा हुन सक्ने छ । आज तपाईले हरकसैको पुर्ण विश्वासले अपजसको हुन सक्ने रहेको छ। तपाईको आज मध्यान पश्चात स्वास्थ्य क्षेत्रमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ ।
मिथुन राशीः का, कि, कु, घ, ङ, छ, के, को, ह – तपाईको आज दाम्पति बिच सामान्य कलह रहने सम्भाबना छ। तपाई आज खराब संगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । आज तपाईको मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । तपाईको शुभचिन्तकको सहयोग हुने योग रहेको छ । मध्यान पश्चात भने ब्यापार ब्यवसायको क्षेत्रमा सामान्य घाटा हुन सक्छ ।
कर्कट राशीः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – नयाँ मित्र सगँको भेट वा प्रिय खबरले तपाईको मन प्रशन्न रहने छ । आज तपाईको विशेष रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने योग रहेको छ। आज आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन। बौद्धिक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा तपाईको मन प्रशन्न रहने छ ।
सिंह राशीः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । पारीवारिक सहयोगमा बृद्धि हुनाले कार्य सम्पादनमा सहजता महसुस हुनेछ । मध्यान पश्चात मनोरञ्जन तथा अध्ययन अध्यापनका क्षेत्रमा समय ब्यतित रहने छ । तपाईको आम्दानिका नयाँ श्रोतहरु फेला पर्न सक्छ। आज तपाईको मनमा प्रशन्नता छाउने योग रहेको छ ।
कन्या राशीः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज तपाईको श्रम- परीश्रमको राम्रो कदर हुने समय रहेको छ । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुने योग रहेको छ । तपाईले आज लगानी गर्दा यस क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढिलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । तपाईका कार्यप्रतिका समर्थकहरुको बृद्धि हुने योग रहेको छ ।
तुला राशीः र, रि, रु, रे, रो, ता, ति, तु, ते – तपाईले मान्य जनको सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । साधारण बाद विवादको चपेटामा फस्ने समय रहेकोले सजग रहनुहोला। आज मध्याम पश्चात मित्रजनहरुको सहयोगमा नयाँ कार्यको प्रारम्भ हुने छ ।
बृश्चिक राशीः तो, ना, नि, नु, ने, नो, या, यि, यु – ब्यापार ब्यवसायको क्षेत्रमा मध्यम दिन रहेको छ । आज तपाईको अध्ययन अध्यापनमा समय उत्तम रहेको छ। तपाईको कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई प्राप्त हुने छ । मध्याम पश्चात भने भोजभतेरमा सरीक हुने अवसर जुट्ने छ । आज वाक चार्तुयताका कारण सबै ईष्ट मित्रजनलाई रिझाउन सक्ने योग रहेको छ।
धनु राशीः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – तपाईको आज सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुने छ। प्रिय ब्यक्ति संगको भेट-घाटले तपाईको मन प्रशन्न रहला । आत्मीय ब्यत्तिहरुबाट विश्वास घात हुन सक्छ । प्रीय मित्रहरु सगँको सम्बन्धमा तिक्तता आउने योग समेत रहेको छ । मध्याम पश्चात भने अधुराकार्य सहजता पुर्ण सम्पादन हुनेछन । सामान्य मान सम्मान प्राप्तिको योग रहेको छ ।
मकर राशीः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – तपाईलाई आज सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानी भने उत्तम रहेको छ । आज आलस्यतालाई त्याग गरेमा आम्दानि उत्तम रहने सम्भाबना रहेकोछ । मध्यान पश्चात मित्रजनहरुको प्रशन्नताका निम्ति सामान्य खर्चको सम्भाबना रहेको छ । तपाईको स्वास्थ्यमा देखापरेको सामान्य समस्यामा बृद्धि हुन सक्ने छ ।
कुम्भ राशीः गु, गे, गो, सा, सि, सु, से, सो, द – परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ। तपाईको प्रगतिमा आरीस गर्ने व्यक्तिहरुबाट सजग रहनु होला। सबारी साधनको प्रयोमा विशेष सजग रहनु पर्ने छ । तपाईको आम्दानिका विभिन्न श्रोतहरु फेला पर्नेछन । बौधिक ब्यत्तित्वहरु सगँको भेटघाटको योग रहेको छ । मनोरञ्जनका क्षेत्रमा तपाईको समय ब्यतित रहने योग छ ।
मिन राशीः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । मित्रजनको सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चञ्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । यात्रामा विशेषमा सजग रहनु होला मध्यान पश्चात पारीवारिक सहयोगद्वारा कार्य सम्पादनमा सहजता प्राप्त हुने योग रहेको छ ।