News Portal

आज फाल्गुन-२०, आइतबारको राशीफल हेरेर तपाईको शुभ दिनको शुरुवात गर्नुस्

फाल्गुन-२०, आइतबारको राशीफल
३१२ पटक

श्री शाके १९४५ विस २०८० फाल्गुन २० गते आइतबार इश्वी सन् २०२४ मार्च ३ तारिख फाल्गुनकृष्ण पक्ष अष्टमी तिथी अनुराधा नक्षत्र हर्षण योग वालव करण चन्द्रमा वृश्चिक राशिमा आनन्दादी योगमा मृत्यु योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण शिशिर ऋृतु अष्टमीव्रत गोरखकाली पुजा।

 – ज्यो.पं सरोज घिमिरे

मेष राशीः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – अरुको कुरामा विशेष ध्यान नदिनु होला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । मान्यजनको सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्ला।

बृष राशीः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । मित्रजनहरुबाट सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउने छ। सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसायको क्षेत्रमा मध्यम समय रहेको छ । अध्ययन अध्यापनमा समय उत्तम रहेकोछ ।

मिथुन राशीः का, कि, कु, घ, ङ, छ, के, को, ह – अरुको छीटो विश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । शत्रु सबल रहलान । सामान्य खर्चले भोलिलाई फाईदा हुने छ । प्रिय ब्यक्तिको भेटले मन प्रशन्न रहला ।

कर्कट राशीः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानी हुनसक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानी भने उत्तम रहनेछ । आय आर्जनका निम्ति समय राम्रो रहेकोछ ।

सिंह राशीः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक सहयोगबाट काममा विशेषमा फाईदा पुग्ने छ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने व्यक्तिहरुबाट बच्नु होला ।

कन्या राशीः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । आय आम्दानीमा बृद्धि हुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । मित्रजनको सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चञ्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

तुला राशीः र, रि, रु, रे, रो, ता, ति, तु, ते – मान प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ । कुलकुटुम्बहरुको  सहयोग राम्रो प्राप्त हुनेछ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । विश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशीः तो, ना, नि, नु, ने, नो, या, यि, यु – मान्यजनको भेटघाटबाट मन प्रशन्न रहला। सामान्य यात्राको सम्भाबना रहेको छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । शारीरिक आलस्यताले सताउने छ । साजेदारी काममा हात नहालेकै बेस हुने छ । जीवन साथिको सहयोगद्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

धनु राशीः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – विश्वासिलो ब्यक्तिबाट धोकाहुनाले गरिरहेको काममा विशेष झमेला पर्न सक्छ । दाम्पती बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । खराब संगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला। मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ ।

मकर राशीः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रमको कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।

कुम्भ राशीः गु, गे, गो, सा, सि, सु, से, सो, द – कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीवारका कोहि सदस्यहरुको स्वास्थ्य क्षेत्रमा झमेला पर्न सक्छ । बौद्धिक विकास तथा विद्या प्राप्ति योग रहेको । सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ ।

मिन राशीः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।सबारी साधनको प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु होला। 

प्रतिकृया दिनुहोस्

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...