News Portal

आज फाल्गुन -१८, शुक्रबारको राशीफल हेरेर तपाईको शुभ दिनको शुरुवात गर्नुस्

फाल्गुन-१८, शुक्रबारको राशीफल
२७४ पटक

श्री शाके १९४५ विस २०८० फाल्गुन १८ गते शुक्रबार इश्वी सन् २०२४ मार्च १ तारीख फाल्गुनकृष्ण पक्ष षष्ठी तिथी स्वाती नक्षत्र पश्चात विशाखा नक्षत्र धु्रव योग गर करण चन्द्रमा तुला राशिमा आनन्दादी योगमा गद योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण शिशिर ऋृतु ।

– ज्यो.पं सरोज घिमिरे

मेष राशीः चु, चे,चो, ला, लि, लु, ले, लो, अ – बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता हुने छ । गैर ब्यक्तिको विश्वासमा  गरीएका कार्यहरुमा सजग रहनुहोला सामान्य अपजसको सम्भावना रहेकोछ । खानपानमा विशेष साबधानी अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भावना रहेको छ ।

बृष राशीः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – जीवन साथिको सहयोगमा गरीएका कार्यबाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । ब्यापार ब्यवसायमा भने सामान्य ढिलाईको सम्भावना रहेको छ । कुलकुटुम्बहरुको साथ सहयोगमा कमी आएको महसुस हुनेछ । नयाँ कार्य प्रारम्भ गर्नका लागि समयले साथ दिने छ ।

मिथुन राशीः का, कि, कु, घ, ङ, छ, के, को, ह – प्रतिस्पर्धीहरुको बृद्धि हुनाले कार्य सम्पादनमा विशेष ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थ्यको सम्भाबना रहेको छ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ । आय आर्जनका लागि भने समय उत्तम रहेको छ ।

कर्कट राशीः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – अरुको कार्य लापरबाहीको प्रतिफल तपाईलाई आईपर्न सक्नेछ । साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पूर्ण विश्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिहरुबाट बच्नु पर्ने छ । आय आर्जनका लागि भने समय उत्तम रहेको छ । अध्ययन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशीः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – पारीवारिक साथ सहयोमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुनेछन । पति पत्नि बिचको सम्बन्धमा सामान्य खटपट रहने सम्भावना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । भौतिक श्रोतसाधनको प्रयोगमा विशेष साबधानि अपनाउनु होला ।

कन्या राशीः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भावना रहेको छ । मित्रहरुको सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा विभिन्न झमेलाहरुको सामना गर्नु पर्न सक्नेछ ।

तुला राशीः र, रि, रु, रे, रो, ता, ति, तु, ते – कुलकुटुम्बहरुको साथ सहयोगमा कमी आएको महसुस हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थ्यमा सामान्य खराबी देखा पर्नेछ । मित्रजनको साथ सहयोगमा कमी रहला । अध्ययन अध्यापनका क्षेत्रमा त्यति मन जानेछैन ।

बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साजेदारीमा भने सामान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । खानपानमा सजग रहनु होला । नयाँ कार्यको थालनी गर्न समय उत्तम रहेकोछ ।

धनु राशीः  ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – मानसिक चन्चलताका कारण मित्रजन सगँको सम्बन्धमा फाटो आईपर्नेछ । जीवन साथीको सहयोमा गरीएका ब्यापार ब्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानी तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परीणत हुनेछन ।

मकर राशीः भो, ज, जि, खि, खु, खे, खो, गा, गि- अध्ययन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । प्रतिपक्क्षी तथा प्रतिस्पर्धीहरुको बृद्धि हुन सक्नेछ । नयाँ कार्य प्रारम्भ गर्नका लागि समयले साथ दिएको छ। तर, साजेदारी कार्य गर्दा भने सजग रहनु राम्रो रहनेछ । मान्यजनको सहयोगद्वारा भाग्योदयको योग रहनेछ ।

कुम्भ राशीः गु, गे, गो, सा, सि, सु, से, सो, द – मानसिक चञ्चलताका कारण कार्य क्षेत्रमा तनाबको सामना गर्नु पर्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भालयवना रहेको छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सन्तान सम्बन्धी समस्याले सताउन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मिन राशीः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – सामान्य यात्रा पश्चात मान सम्मानको प्राप्ति हुन सक्नेछ । मान्यजनको सहयोगद्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित हुन सक्नेछ । पारीवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । साझेदारी कार्य क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...