News Portal

  • आज फाल्गुण-१७, विहिबारको राशीफल हेरेर तपाईको शुभ दिनको शुरुवात गर्नुस्

    आजको राशीफल
    २९१ पटक

    श्री शाके १९४५ विस २०८० फाल्गुन १७ गते बिहिबार इश्वी सन् २०२४ फेब्रुवरी २९ तारीख फाल्गुनकृष्ण पक्ष पञ्चमी तिथी चित्रा नक्षत्र पश्चात स्वाति नक्षत्र वृद्धि योग कौलव करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा चर योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋृतु योगी नरहरीनाथ जयन्ती।

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशीः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – नयाँ कार्य थालनिको सम्भावना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भावना रहेकोछ । जिवन साथिको साथ सहयोगद्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

    बृष राशीः  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – प्रतिस्पर्धा जन्यकार्यमा विशेष सजग रहनु होला । सामान्य आर्थिक अभावको सम्भावना रहेकोछ । परिवारका सदस्यहरुबाट टाढा भएको महशूस हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ ।

    मिथुन राशीः  का, कि, कु, घ, ङ, छ, के, को, ह – रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन। स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ। बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाईदा हुनेछ ।

    कर्कट राशीः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित हुने छ । आम्दानि मध्यम रहने समय रहेकोछ । कार्यक्षेत्रमा शारीरिक आलस्यताले सताउन सक्नेछ ।

    सिंह राशीः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ। नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेहरुको बृद्धिहुनेछ । तपाईद्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यक्तिहरुले प्राप्त गर्नेछन । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानी गर्दा विशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

    कन्या राशीः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – स्वास्थ्य क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ। विश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिस्पर्धी शुभचिन्तक बन्नेछन । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

    तुला राशीः र, रि, ?, रे, रो, ता, ति, तु, ते – गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्ययन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थ्यको क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ ।

    बृश्चिक राशीः तो, ना, नि, नु, ने, नो, या, यि, यु – स्वास्थ्यमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ । सामान्य यात्राको सम्भावना रहेकोछ । मित्रजनहरुको सहयोग प्राप्त रहनेछ । मनको चञ्चलताले  कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

    धनु राशीः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – बौधिक ब्यत्तित्वहरुको सहयोग प्राप्त रहनेछ । अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । आय आर्जनका निम्ति समय राम्रो रहेको छ । आम्दानिका विभिन्न श्रोतहरु फेला पर्ने छन् । खानपानमा साबधानी अपनाउनु पर्ने छ । मित्रजनहरुको सहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ ।

    मकर राशीः  भो, ज, जि, खि, खु, खे, खो, गा, गि – सामाजिक कार्यमा जुट्ने समय रहेको छ। सभासम्मेलनजन्य कार्यमा मानसम्मानको प्राप्ति योग छ । मान्यजनहरुको स्वास्थ्यमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सवारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानी अपनाउनु होला । खानपानको क्षेत्रमा सजग रहनु होला ।

    कुम्भ राशीः गु, गे, गो, सा, सि, सु, से, सो, द – मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ । अरुद्वारा गरीएको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य ट्रुटीले मानसिक चिन्ता हुने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्ने छन् ।

    मिन राशीः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । तपाईको मनमा सामान्य डर पैदा हुने साथै मनमा चञ्चलताले बास गर्ने छ । मान्यजनको सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्ने योग रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध एलिनाको कडा कदम : चारजनाविरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाडौं, असार १६ – गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक व्यवहार गर्नेहरूको विरुद्धमा...

    महिलाको अश्लील भिडियो बनाएर बेच्ने युवक पक्राउ

    काठमाडौं, असार १६ — अश्लील फोटो तथा भिडियो तयार पारेर बेचबिखनमा संलग्न एक युवकलाई प्रहरीले...

    काठमाडौँ महानगरमा बजेट विवाद चुलिदैँ : प्रवक्ता मानन्धर फेरि मेयर बालेनको कित्तामा

    काठमाडौं, असार १६ – राजधानीको काठमाडौँ महानगरपालिकामा समयमै नयाँ आर्थिक वर्षको बजेट ल्याउन नसक्दा आन्तरिक...

    हृदयघात हुनु १ महिना अघि देखिने संकेतहरू

    आजकालको व्यस्त जीवनशैली, तनाव, अनियमित खानपान र शारीरिक निष्क्रियताले गर्दा हृदयघातको जोखिम बढ्दै गएको छ।...

    थाइल्यान्डबाट भारत भित्र्याउन लागिएका २० सर्पसहित एक यात्रु मुम्बई विमानस्थलमा नियन्त्रणमा

    नयाँदिल्ली, असार १६ – थाइल्यान्डबाट भारततर्फ ल्याइँदै गरेका दुर्लभ प्रजातिका जीवित सर्पहरू मुम्बई विमानस्थलमा जफत...