फाल्गुण-१६, बुधबार/काठमाडौं – नेपालको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। पहाडी भूभागमा आंशिक बदली रही देशका विभिन्न बाँकी भूभागमा मौसम सामान्यतय सफा रहेको महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने उल्लेख गरेको छ। आज देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राती देशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ। भने मुलुकका अन्य भूभागहरुमा मौसम सामान्यतय सफा रहने पनी माहाशाखाले जनाएको छ। र, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा सामान्य हिमपातको सम्भावना रहेको समेत आफ्नो नियमित बुलेटिनमा अध्याबधि गरेको छ।