News Portal

  • इराकबाट चन्दा उठाएर ३ महिनापछि नेपाल पठाइयो शव

    हिमालीसंचार संवाददाता
    २६० पटक

    बगदाद। इराकमा मृत्यु भएका मोरङ बयरबन–९ घर भएका चन्द्रबहादुर बस्नेतको शव आर्थिक संकलन गरेर नेपाल पठाइएको छ। केही वर्षदेखि रोजगारीका क्रममा कुर्दिस्तान इराकको अर्बिल सहरमा पुगेका बस्नेतको गत ३ डिसेम्बरका असामयिक निधन भएको थियो।

    त्यसपछि शव व्यवस्थापनका लागि अन्योल खडा भएको थियो। श्रम स्वीकृति नहुँदा शव पठाउन झन्झटिलो र बढी खर्च हुने भएपछि शव अलपत्र अवस्थामा परेको थियो।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकले उनको शव नेपाल पठाउन आर्थिक अभियान सञ्चालन गरेको थियो। मृतकका दाइ सम्पर्कमा आई आमाका लागि भए पनि शव पठाउनका लागि सहयोग मागेको र सोहीनुसार आर्थिक सहयोग संकलन गरी शव बुधबार टर्किस एयरलाइन्समार्फत नेपाल पठाउन सफल भएको एनआरएनए इराकका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए।

    ‘यहाँबाट शव पठाउन निकै खर्च लाग्ने र झन्झटिलो छ, मृतक अवैधानिक रूपमा बसेको र साथमा राहदानी पनि नभएकाले शव पठाउन करिब तीन महिना लाग्यो,’ अध्यक्ष श्रेष्ठले भने।

    नेपालसम्म शव पठाउन ३ हजार ४ सय ८८ अमेरिकन डलर खर्च लागेको छ भने अभियानका क्रममा उठेको रकमको विवरण नामावलीसहित प्रकाशन गरिने एनआरएनएले जनाएको छ।

    ‘नेपाल सरकारबाट कुनै सहयोग हुँदैन, मृतक पनि ‘इलिगल’, उनको कम्पनी पनि छैन राहदानी पनि छैन, यस्तो अवस्थामा कतैबाट सहयोग पाइँदैन,’ अध्यक्ष श्रेष्ठले भने, ‘यहाँ (इराक)मा मृत्यु भएका नेपालीको शव पठाउन हरेकपटक आर्थिक संकलन गर्नुपर्छ।’

    इराकबाट शव नेपाल पठाउन ४ हजार ३ सय डलरदेखि ७ हजार डलरसम्म लाग्छ। इराकमा मृत्यु भएका नेपालीको शव नेपाल पठाउन हरेकपटक आर्थिक अभियान संकलन गर्नुपरेको श्रेष्ठले बताए।

    सरकारले प्रतिबन्ध लगाएको इराकमा करिब २० हजार नेपाली कामदार कार्यरत छन्। नेपाल सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा दलालहरूलाई मात्र फाइदा पुगेको त्यहाँस्थित विभिन्न नेपाली संगठनले बताउने गरेका छन्।

    विदेशमा ज्यान गुमाउने नेपालीहरूको संख्या दिनानुदिन बढ्दो छ। दलालले पछिल्लो समय भारतको बाटो हुँदै इराक, जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन्।

    अवैध बाटोबाट विदेश पठाउनेक्रम बढ्दा मानव तस्करहरूलाई फाइदा हुने गरे पनि नेपाली कामदारले भने दुःख पाउने गरेका छन्। गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति भने हुँदैन।

    त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ। कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्ने गरिएको छ।
    – राजधानी दैनिकबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...

    श्री पशुपतिनाथ शन्तानेश्वर महादेव मन्दिरको भव्य उद्घाटन सम्पन्न

    समीर कुमार अधिकारी (द्रुपद)/ काठमाडौं १० –  २०८२ साल कात्तिक ९ गते, आइतबार (पंन्चमी तिथी)...