News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • क्यान इन्फोटेक सुनसरीको पहिलो गाँसमै ढुंगा: मन्त्रीले गरे खाली स्टलहरूको अवलोकन

    हिमालीसंचार संवाददाता
    १६० पटक

    सुनसरी। बढाे ताम झामका साथ बिहीबार देखि सुरु भएको क्यान इनफाेटेक सुनसरी पहिलो दिन नै आन्तरिक अवलोकनकर्ता नपाएपछि सुनसान बनेको छ।

    क्यान सुनसरी भित्रै जुँगाको लडाइ चल्दा र अहिलेको नेतृत्वकर्ता माथि प्रश्न उठाउँदै सदस्यहरू रुष्ट बनेपछि यो वर्ष लगाइएको क्यान इन्फाेटेक सुनसरी २०२४ असफलता तर्फ धकेलिएको हो।

    ६५ वटा स्टल राखिएको क्यान इन्फाेटेक २०२४ मा २१ वटा बाहेक सबै स्टल खाली देखिएका छन्। परिवारका सदस्य र आफन्त भेला गरेर आयोजना गरेको क्यान इन्फाेटेककाे कोशी प्रदेश सामाजिक विकाश मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गरे।

    कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले अगाडीकाे कुर्सी सबै खालि देखेपछि मन्तव्य २ मिनेटमै सिद्ध्याए। त्यति मात्र हैन मन्त्री कार्कीले स्टलहरूको पनि अवलोकन गरेका थिए। अवलोकनको क्रममा अधिकांश स्टलहरू खाली देखेपछि आयोजकलाई मन्त्री कार्कीले स्टल किन खाली भनेर प्रश्न गरेका थिए।

    कार्यक्रमको शुभारम्भमै वरियता बिगारेर उपेक्षा गरेपछि इटहरी उपमहानगरका मेयर हेम कर्ण पौडेल कार्यक्रम स्थलबाट मन्तव्य नै नराखी हतारमा निस्किएका थिए।

    ५ दिन सम्म चल्ने क्यान मेलामा १ लाख आन्तरिक अवलोकनकर्ता भित्र्याउने र ३ करोड सम्मको कारोबार गर्ने लक्ष्य राखिए पनि पहिलो गासमै ढुङ्गा भने बराबर भएको छ।

    १४० भन्दा बढी सदस्य रहेको क्यान सुनसरीमा सदस्यहरू नै उपस्थित देखिएका थिएनन्। आयोजक भित्रैका सदस्यहरूले खाली स्टलबारे चित्त नबुझेको भनी गुनासो समेत गरेका थिए। इन्फाेटेकमा नेपाली सफ्टवेयर स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवर्द्धन गर्ने भनिए पनि प्रायजसो स्टलहरूमा एजुकेसन, कन्सल्टेन्सी, हाेटल लगायत अन्य क्षेत्र हावि देखिएका थिए।

    विभिन्न सामाग्री उपकरणहरू सुपथ मूल्यमा पाउन सकिने भनिएता पनि स्टलमा प्रविधिसँग जोडिएका कुनै सामग्री देखिएका थिएनन्। कोसी प्रदेश स्तरीय इन्फाेटेक भनिए पनि इटहरीका सीमित कम्प्युटर व्यवसायी र आयोजक आफैले स्टलहरू बुकिङ गरेका थिए।

    क्यान सुनसरी इटहरी क्षेत्रका केही कम्प्युटर व्यवसायीहरुको कब्जामा परेपछि धरान, इनरुवा, दुहबी लगायतका सदस्यहरू निस्कृिय रहेका छन्। विगतमा १४० भन्दा बढी सदस्यहरू रहेको क्यान सुनसरी अहिले केही परिवारका १५-२० जनामा सीमित रहेको छ।

    २०७२ चैत्र ९ गते क्यान सुनसरी विघटन गरी क्यान महासङ्घ खडागरेकाे ७ दिन बित्न नपाउँदै धरान क्षेत्रबाट क्यानमा आबद्ध सदस्यहरूले सामूहिक प्रेस विज्ञप्ति जारी गर्दै संस्थाबाट बाहिरिएको घोषणा गरेका थिए।

    अनावश्यक कागजी प्रक्रियामा उल्झन पार्दै निर्वाचनमा निषेध गरेपछि रुष्ट हुँदै क्यानबाटै धरान बाहिरिएको थियो। हालका नेतृत्वले सदस्यहरूलाई रिझाउन नसक्दा सञ्चालन गरिएको इन्फाेटेक खल्लो हुने सम्भावना देखिएको छ।

    इटहरी भित्रै पनि निषेधको राजनीति हुँदा क्यानमा आबद्ध केही व्यवसायीहरू निस्कृिय झैँ बनेका छन्। नेपालमा उत्पादन भएका सूचना प्रविधिको विकास, संरक्षण तथा प्रवर्द्धन गर्ने भनी आयोजना गरिएको यस्ता इन्फाेटेक प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा स्थानीय तथा प्रदेश सरकारको बजेट झ्वाम्म पार्ने बाहेक अरू उपलब्धि केही देखिएको छैन।

    विभिन्न समयमा, विभिन्न शीर्षक राखी आयोजना गरिने मेलामा भारी मात्राको छुट भन्दै स्टकमा रहेका पुराना सामग्रीहरू बिक्री गर्ने चाउमिन र मोमो मात्रै राखेर आयोजना गरिने फुड फेस्टिभल, औजार बेगरका कृषि प्रदर्शनी र पर्यटन प्रवर्द्धनको नाममा समाजमा विकृति फैलाउने महोत्सव जस्ताले लामो समयदेखि उपभोक्तालाई गुम्राहामा पार्दै आएका छन्।

    यस्ता मेला, महोत्सव तथा प्रदर्शनीमाथि स्थानीय सरकारले बेलैमा नियमन गर्नुपर्ने जरुरी देखिन्छ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ २६, २०८२ (जुन ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ओलीको व्याख्या: नेताको मूल्यांकन उमेरले होइन, जिम्मेवारीबाट

    काठमाडौं, जेठ २५ – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा तोकिएको ७०...

    हैदराबादमा नेपाली युवकद्वारा प्रेमिकाको हत्या : ट्राभल ब्यागमा शव फालिएको अवस्थामा भेटियो

    भारत, जेठ २५ – हैदराबादमा एक नेपाली नागरिकद्वारा आफ्नै लिभ–इन सम्बन्धमा रहेकी प्रेमिकाको हत्या गरिएको...

    ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासन रोकिने कि खुला हुने? संसद्का दुई समितिबीच मतभेद, जलविद्युत कम्पनीहरू दबाबमा

    काठमाडौं, जेठ २५ – नेपालमा सार्वजनिक सेयर निष्कासनको नियमलाई लिएर संसद्भित्रै दुई महत्वपूर्ण समितिहरू —...

    संसद अवरोधबीच सत्तापक्षको स्पष्ट सन्देश — “विपक्षीले साथ दिए ठीकै, नदिए पनि संसद अघि बढ्छ”

    काठमाडौं, जेठ २५ – राजनीतिक तापक्रम चुलिंदै गएको यस घडीमा संसदको गतिरोध अन्त्यका लागि आइतबार...