News Portal

कतारमा फाँसीको सजाय सुनाइएका ८ भारतीय अन्ततः रिहा

हिमालीसंचार संवाददाता
३०९ पटक

दोहा। कतारमा फाँसीको सजाय पाएका ८ जना भारतीयहरू रिहा भएका छन्। भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार आठमध्ये ७ जना भारत फर्किएका छन्। यसलाई भारतको ठुलो कूटनीतिक जीत बताएको छ।

आठ पूर्व नौसेनाका अधिकारीहरू दोहास्थित अल दाहरा ग्लोबल टेक्नोलोजीमा काम गर्थे। उनीहरूलाई अगस्ट २०२२ मा जासुसीको आरोपमा पक्राउ गरिएको थियो। तर, ती अधिकारीहरूमाथि लागेको आरोपहरू भारत र कतार दुवैले सार्वजनिक गरेका थिएनन्।

स्रोतका अनुसार सबैलाई पनडुब्बी परियोजनामा जासुसी गरेको आरोप लागेको थियो। अल दहरा ग्लोबल कम्पनीले कतारको सैन्य बल र अन्य सुरक्षा निकायहरूलाई तालिम र अन्य सेवाहरू दिने गर्छ।

एक वर्षभन्दा बढी समय जेलमा बिताएपछि अक्टोबरमा कतारको तल्लो अदालतले पूर्व नौसेनालाई मृत्युदण्डको सजाय सुनाएको थियो। कतारले यसबारे भारतलाई कुनै जानकारी नदिएकोले उक्त फैसलाले भारत छक्क परेको थियो। सो निर्णयविरुद्ध भारतले अपिल गरेको थियो।

जनवरीमा कतारले फाँसीको सजायलाई घटाएर जेल सजायमा झारेको थियो। दुबईमा डिसेम्बर १ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच कप–२८ सम्मेलनको बेलामा भेटवार्ता भएको थियो।

यो भेटघाटको चार हप्ता भित्र यो घोषणा आएको छ। कतार भारतको लागि प्राकृतिक ग्यासको सबैभन्दा ठुलो आपूर्तिकर्ता हो। कतारमा करिब ८ लाख भारतीय नागरिकहरु काम गर्छन्।

– एजेन्सी

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...