News Portal

कतारमा फाँसीको सजाय सुनाइएका ८ भारतीय अन्ततः रिहा

हिमालीसंचार संवाददाता
२५७ पटक

दोहा। कतारमा फाँसीको सजाय पाएका ८ जना भारतीयहरू रिहा भएका छन्। भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार आठमध्ये ७ जना भारत फर्किएका छन्। यसलाई भारतको ठुलो कूटनीतिक जीत बताएको छ।

आठ पूर्व नौसेनाका अधिकारीहरू दोहास्थित अल दाहरा ग्लोबल टेक्नोलोजीमा काम गर्थे। उनीहरूलाई अगस्ट २०२२ मा जासुसीको आरोपमा पक्राउ गरिएको थियो। तर, ती अधिकारीहरूमाथि लागेको आरोपहरू भारत र कतार दुवैले सार्वजनिक गरेका थिएनन्।

स्रोतका अनुसार सबैलाई पनडुब्बी परियोजनामा जासुसी गरेको आरोप लागेको थियो। अल दहरा ग्लोबल कम्पनीले कतारको सैन्य बल र अन्य सुरक्षा निकायहरूलाई तालिम र अन्य सेवाहरू दिने गर्छ।

एक वर्षभन्दा बढी समय जेलमा बिताएपछि अक्टोबरमा कतारको तल्लो अदालतले पूर्व नौसेनालाई मृत्युदण्डको सजाय सुनाएको थियो। कतारले यसबारे भारतलाई कुनै जानकारी नदिएकोले उक्त फैसलाले भारत छक्क परेको थियो। सो निर्णयविरुद्ध भारतले अपिल गरेको थियो।

जनवरीमा कतारले फाँसीको सजायलाई घटाएर जेल सजायमा झारेको थियो। दुबईमा डिसेम्बर १ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच कप–२८ सम्मेलनको बेलामा भेटवार्ता भएको थियो।

यो भेटघाटको चार हप्ता भित्र यो घोषणा आएको छ। कतार भारतको लागि प्राकृतिक ग्यासको सबैभन्दा ठुलो आपूर्तिकर्ता हो। कतारमा करिब ८ लाख भारतीय नागरिकहरु काम गर्छन्।

– एजेन्सी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...