News Portal

  • आजको मौसम पूर्वानुमान: आज यी प्रदेशहरुमा सामान्य बदली र हिमपातको सम्भावना

    आजको मौसम पूर्वानुमान
    २४४ पटक

    माध-१०, बुधबार/काठमाडौं – नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    महाशाखाका अनुसार अहिले बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका भूभागहरूमा हुस्सु/कुहिरो लागेको छ। बुधबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बुलेटिनमार्फत् उल्लेख गरेको छ।

    त्यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। बाँकी भूभागहरुमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत उल्लेख गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालमै टिकट बाँडफाँड, कति विश्वसनीय?

    काठमाडौं –  नेपालमा उदाउँदै गरेका कतिपय नयाँ राजनीतिक दलका नेताहरू सामाजिक सञ्जालमा अत्यधिक सक्रिय हुँदै...

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

    बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै...

    ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

    ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले...

    प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

    काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र...

    तोकिएको समयमा निर्वाचन गर्न दलहरूको साझा सहमति आवश्यक : प्रचण्ड

    काठमाडौं, मंसिर १ — आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूको एकमत आवश्यक रहेको...