News Portal

कोरियामा एनआरएनए, एमआइटी फाउण्डेशन र नेपाली दूतावासद्वारा आयोजित Sports Global Tourism गोष्ठी हुँदै

हिमालीसंचार संवाददाता
२९१ पटक

काठमाण्डौ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को ग्लोबल एनआरएन फाउण्डेशन, एनआरएनएका पूर्व अध्यक्ष डा. शेष घले र पूर्व आइसीसी सदस्य जमुना घले गुरुङको एमआइटी ग्रुपको एमआइटी फाउण्डेशन र नेपाली राजदूतावास दक्षिण कोरिया, कोरियाको हानयाङ्ग युनिभर्सिटीकोद्वारा संयुक्त रुपमा एक दिने Sports Global Tourism गोष्ठीको आयोजना गरिएको छ।

दक्षिण कोरियाको राजधानी सउलमा यही फेब्रअरी ६, २०२४ मंगलबारका दिन आयोजित उक्त कार्यक्रम ग्लोबल एनआरएन फाउण्डेशन, एमआइटी फाउण्डेशन, नेपाली राजदूतावास दक्षिण कोरिया, कोरियाको हानयाङ्ग युनिभर्सिटीको संयुक्त आयोजना रहेको छ।

यसमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC) दक्षिण कोरिया तथा NESPO को सह-आयोजनामा रहेको छ।

उक्त गोष्ठीमा सहभागी हुन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, दक्षिण कोरियाका लागि नेपाली राजदुत डा. ज्योती प्याकुरेल भण्डारी, राष्ट्रिय खेलकुद परिषद नेपालका सदस्य सचिव टंकलाल घिसिङ दक्षिण कोरियाका लागि पाकिस्तानी राजदुत नबिल मुनिर, दक्षिण कोरियाका लागि श्रीलङ्काका राजदुत सावित्री इन्द्रचापा, दक्षिण कोरियाका लागि कम्बोडियाका राजदुत चिरिङ बटमरेन्सेलगायत गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घलेसहित कोरियाका विभिन्न विश्व विद्यालयका सम्बन्धित विषयका विज्ञहरुको उपस्थित रहने छ।

उक्त गोष्ठीको प्रमुख उद्देश्य ज्ञान, अनुभव आदानप्रदान गर्ने र राष्ट्रिय विकासका लक्ष्यहरू प्राप्त गर्नका लागि एक गतिशील प्लेटफर्म स्थापित गर्ने रहेको उक्त कार्यक्रमका मुख्य आयोजक गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (NRNA ICC)का अध्यक्ष विनोद कुवँरले बताए।

यस कार्यक्रमा विशेष गरी नेपालमा आर्थिक, सांस्कृतिक र सामाजिक उन्नतिका लागि खेल पर्यटनको सम्भाव्यतालाई उजागर गर्नमा केन्द्रित रहने छ भने खेल पर्यटन र राष्ट्रिय विकासको क्षेत्रमा प्रख्यात विशेषज्ञहरूबाट उहाँहरुको अनुभव बाट धेरै कुरा जान्न सकिने र नेपालको विकासमा यस कार्यक्रमबाट लाभ हुने विश्वास राखिएको छ।

यस गोष्ठीले नेपालको पर्यटन तथा राष्ट्रिय बिकासका अन्य सम्भावनाहरूलाई बढाउन टेवा पुन्ने विश्वासका लिइएको छ। यसका साथै कार्यक्रमको सम्पूर्ण तयारी पूर्ण रुपमा भएको जानकारी अध्यक्ष कुवँरले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...