आज : २०२६-०९-२२, मङ्गलबार

मौसम पूर्वानुमानः आज यी प्रदेशमा वर्षाको सम्भावना, तराई क्षेत्रमा हुस्सु

माध-५, शुक्रबार/काठमाडौं – नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको कारण र जसको प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ ।आज  देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ।

आज दिउँसो पूर्वको कोशी प्रदेश लगायत अन्य पहाडी भूभागहरुमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। तर, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केहि  स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको  महाशाखाले उल्लेख गरेको छ।

त्यस्तै, आज राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले। अद्यबधि गरेको छ।