News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पश्चिमी वायुको प्रभावका कारणले तराईमा हुस्सु, पहाडी स्थानहरुमा हल्का हिमपात

    आजको मौसम पूर्वानुमान
    १३० पटक

    माध-१, सोमबार/काठमाडौं – नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको कारण मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    पश्चिम तराईका केही स्थानहरूमा बिहानीपख लागेको हुस्सु तथा कुहिरो मध्यान्न सम्ममा तथा मध्य तथा पूर्वी तराईका धेरै स्थानहरूमा लागेको हुस्सु तथा कुहिरो अपराह्नसम्ममा क्रमिक रूपमा मौसम सुधार हुँदैं जाने सम्भावना रहेको महाशाखाको भनाई छ । चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    मंगलबार पनि कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    काठमाडौँमा किशोरी माथि बलात्कार, २ जना पक्राउ

    काठमाडौँ – १७ वर्षिय किशोरी माथि बलात्कार गरेको आरोपमा २ किशोरलाई प्रहरीले पक्राउ गरेको छ।...

    इनारमा खसेर बालिकाको मृत्यु

    ललितपुरको गोदावरी नगरपालिका-१३ झरूवासीमा इनारमा खसेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। शनिबार साँझ सुर्खेतका...

    सर्वोच्च अदालतमा शोक, आइतबारको इजलास स्थगित

    पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा सर्वोच्च अदालतले आज (आइतबार)को सुनुवाइ स्थगित गरेको छ। बैठकले शोक...

    लाजिम्पाटमा व्यवसायीमाथि आक्रमण, दीपक मनाङेका सचिव पक्राउ

    काठमाडौँ – लाजिम्पाट स्थित इनोभा अस्पतालको पार्किङमा घरजग्गा व्यवसायी विक्रम लामा माथि आक्रमणको घटनामा गुन्डा...

    ३२ वर्षे उमेर हदबारे मतगणना विवादित, परिणाम सार्वजनिक स्थगित

    नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेर हदबारे विवाद बढ्दै...