News Portal

  • आजको राशीफल हेरेर तपाईको शुभदिनको शुरुवात गर्नुस्

    आजको राशीफल (पौष-२७, शुक्रबार २०८०)
    २२३ पटक

    श्री शाके १९४५ विस २०८० पौष २७ गते शुक्रबार इश्वी सम्बत सन् २०२४ जनवरी २७ तारीख पौषशुक्ल पक्ष प्रतिपदा तिथी उत्तराषाढा नक्षत्र हर्षण योग वव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा आनन्द योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋृतु तोललोसार, राष्ट्रिय एकता दिवस पृथ्वीजयन्ती

     – ज्यो.पं सरोज घिमिरे

     मेष राशी – चु, चे, चो, ला, लि, लु, ले, लो, अः परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेको छ । सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहने छ । सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेको छ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेन छ । पारीवारिक झोर झमेलाको सामना गर्नु पर्ने समय रहेको छ ।

    बृष राशी – इ, उ, ए, ओ, बा, बि, बु, बे, बोः पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्ने छ । नयाँ मित्रहरु सगँको भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भावना रहेको छ ।

    मिथुन राशी –  का, कि, कु, घ, ङ, छ, के, को, हः शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुने छ। आम्दानी मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भावना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ ।

    कर्कट राशी – हि, हु, हे, हो, डा, डि, डु, डे, डोः जीवन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने छ । मानसीक चञ्चलताले सताउन सक्ने छ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्ने छ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुने छ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

    सिंह राशी – मा, मि, मु, मे, मो, टा, टि, टु, टेः स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ विशेष ध्यान दिनु होला । मनमा चञ्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । शुभ चिन्तकको बृद्धि हुनाले मनमा उत्साह बढ्ने छ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुन सक्ला ।

    कन्या राशी – टो, प, पि, पु, ष, ण, ठ, पे, पोः आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको विकासले तपाईको मान सम्मानमा बृद्धि गर्ने छ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहने छन् । बौद्धिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्ने छ ।

    तुला राशी – र, रि, रु, रे, रो, ता, ति, तु, तेः पारीवारिक मनोरञ्जनका निम्ति धेरै समय र पैसा खर्चनु पर्ने छ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहने छ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पूर्ण रहला ।

    बृश्चिक राशी – तो, ना, नि, नु, ने, नो, या, यि, युः आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्ने छ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नो कमजोरीको महसुस हुनेछ ।

    धनु राशी – ये, यो, भ, भि, भु, ध, फा, ढ, भेः आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुने छ । स्वास्थ्यमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउने छ । सामान्य बादबिबादको चक्करकाट्नु पर्ने छ । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

    मकर राशी – भो, ज, जि, खि, खु, खे, खो, गा, गिः परीवारका कोहि सदस्यहरुको स्वास्थ्यामा खराबी आउन सक्ने छ । मान प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ । मनमा आट र शाहसको कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जीवन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउने छ । सहि निर्णय हुन नसक्दा परिवारिक कलहको सामाना गनु पर्ने छ ।

    कुम्भ राशी – गु, गे, गो, सा, सि, सु, से, सो, दः शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाव झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भावना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गाह्रो हुन सक्ला । आफ्नो प्रिय ब्यक्तिसगँको बियोगले मन निरुत्साहित रहला ।

    मिन राशी – दि, दु, थ, झ, ञ, दे, दो, च, चिः यात्रा फाईदा मुलक हुनसक्ने सम्भावना रहेको छ । आय आर्जनको लागि राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहने छ । आम्दानी बृद्धिका लागि विधोत ब्यक्तित्वहरुको मार्गदर्शन अबलम्बन गर्नु लाभदाइक रहला । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमाले विधान महाधिवेशन : तयारी अन्तिम चरणमा, २३ सयभन्दा बढी सहभागी हुने

    काठमाडौँ, भदौ १ – नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म आयोजना हुने दोस्रो...

    कुवेत सुरक्षासंस्थाले मेथानोल आपराधिक नेटवर्क विघटन अवैध कारखाना नियन्त्रण

    कुवेत -कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री महामहिम शेख फहद युसुफ साउद अल–सबहको संरक्षणमा र आन्तरिक...

    आज २०८२ साल भदौ १ गतेको राशिफल

    आज भदौ १, २०८२ (अगस्त १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...