News Portal

सशस्त्र प्रहरीमा ९९ इन्स्पेक्टर र ९८ असईसहित अन्य विभिन्न पदमा भर्ना खुल्यो (सूचिसहित)

पत्रपत्रिकाबाट
३३७ पटक

पौष-२०, शुक्रबार/काठमाडौं – सशस्त्र प्रहरीले विभिन्न पदहरूमा नयाँ भर्ना गर्ने भएको छ। आज शुक्रबार सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर), ९८ जना प्रहरी सहायक निरीक्षक (असई) ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो।

इच्छुक नेपाली नागरिकले योग्यता पुगेका व्यक्तिहरूले आगामि माघ १० गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्ने जनाइएको छ।  प्रहरी निरीक्षकका लागि २१ वर्ष पुरा भई २५ वर्ष ननाघेको र सहायक निरीक्षकको लागि २१ वर्ष पुरा भई २३ वर्ष ननाघेको हुनु पर्ने समेत सूचनामा उल्लेख गरिएको छ । 

इन्स्पेक्टर र असईमा अनलाइन आवेदन दिएकाहरूले फागुन आगामी २ गतेभित्र तोकेको कार्यालयमा उपस्थित हुनु पर्ने समेत उल्लेख गरिएको छ ।  विभिन्न ट्रेड पदमा उम्मेदवारी दिएकाहरूले भने माघ २४ गतेभित्रै तोकेको कार्यालयमा उपस्थिति हुनुपर्ने छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...