News Portal

खोटाङ पाथेकाकी पवित्रा हत्या आरोपमा जाल्पाका श्रेष्ठ दाम्पती पक्राउ

हिमालीसंचार संवाददाता/खोटाङ
११६४ पटक

पौष-१९, बिहिबार/खोटाङ – खोटाङ पाथेकाकी पवित्रा तामाङ हत्या प्रकरणका आरोपित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १२ जाल्पाका एक दाम्पती पक्राउ परेका छन्।

मृतक पवित्रा तामाङ आफ्नो श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर माइती घर बस्दै आएकी तामाङको हत्या आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जाल्पाका ३३ वर्षीय दीपक श्रेष्ठ र उनकी श्रीमती २५ वर्षीया सिर्जना श्रेष्ठ (राई) पक्राउ परेका हुन् । गत मंसिर-१९ गतेदेखि बेपत्ता भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकास्थित नाखामकी ३६ वर्षीय तामाङ घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा यही पौष-३ गते मृत फेला परेकी हुन् ।

उनी घरबाटै बेपत्ता भएकी मृतक तामाङको खोजीका लागि परिवारले मंसिर-१३ गते प्रहरीलाई खबर गरेका थिए। आफन्त तथा प्रहरीले खोजी गर्दा समेत नभेटिएकी पवित्रा १४ दिनपछि गोठमा थुपारिएको पत्करभित्र उनको शव भेटिएको थियो ।

शंकास्पद आवस्थामा मृत अबस्थामा फेला परेपछि आफन्तले प्रहरीमा जाहेरी दिएसँग अनुसन्धान गर्नेक्रममा आरोपित श्रेष्ठ दम्पतीलाई ललितपुरस्थित महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीबाट पौष-११ गते पक्राउ गरेर पौष-१२ गते खोटाङ ल्याइएको प्रहरीले जाकारी दिए । आरोपित श्रेष्ठ दम्पतीलाई प्रहरीले पक्राउ गरेको आठ दिनपछि हिजो (बुधबार) साँझ प्रहरीले पत्रकार सम्मेलन गरेर उक्त धटना सम्बन्धि सार्वजनिक गरेको हो । आरोपित श्रेष्ठले पवित्राको गत मंसिर-१९ गते राति नै हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोतम खड्काले जानकारी दिए ।

मृतक पवित्राले कानमा लगाएको सुनको रिङ, फुली र पवित्राले प्रयोग गर्दै आएको मोबाइल समेत प्रहरीले बरामद गरेर सार्वजनिक गरेको हो। आरोपित श्रेष्ठले पवित्राको हत्यामा प्रयोग गरेको रगताम्मे भएको एउटा फलामको हम्मर समेत फेला परेको थियो । हम्मर भने परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला काठमाडौँ पठाइएको प्रहरी नायव उपरीक्षक  खड्काले जानकारी दिए। श्रेष्ठ दम्पतीलाई कर्तव्य ज्यान सम्बन्धी मुद्धा दर्ता गरेर थप अनुसन्धान र कारवाही प्रक्रियाका लागि अगाडि बढाइएको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...