News Portal

कुवेतमा लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्म जयन्ती भब्यताका साथ मनाईयो

हिमाली संचार संवाददाता
९९५ पटक

माधब शाही/कुवेत – कुवेतमा नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्म जयन्ती भब्यताका साथ मनाईयो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवेतको आयोजनामा आज कुवेतको जिलिब स्थित पपिन्स हलमा कार्यक्रम गरी मनाईएको हो ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवेत शाखाका अध्यक्ष हिमाल अन्जानको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनको रहेको थियो भने अतिथीहरुमा पत्रकार महासंघ कुवेत शाखाका प्रतिनिधी माधब शाही, जिफन्ट सपोर्ट ग्रुपका अध्यक्ष गणेश रावत, लुम्बिनी समाज नेपाल-कुवेतका अध्यक्ष रुपेन हमाल, पत्रकार नैना कला राई, निरेम प्रोडक्सनका पत्रकार राज मल्ल, माउन्टेन एभरेष्ट क्लबका अध्यक्ष इन्द्र पोखरेल, नयाँ शक्ति पार्टी नेपाल कुवेतका महासचिब जयराम थारु, तितो पाटी डट कमका फोटो पत्रकार चन्द्र बिश्वकर्मा, मनकामना मिडियाका प्रतिनिधि बिजय लामा, हिमाली संचार डट कमका अध्यक्ष कमल सिंह ठकुरी लगायत कुवेतलाई कर्म थलो बनाई बसेका साहित्य प्रेमीहरु बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, बुद्धिजीवी, समाजसेवी कुवेतबासी नेपालीहरूको उपस्थिति रहेको थियो।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवेतका महासचिब राज श्रेष्ठले उपस्थित आगन्तुकहरुलाई मन्तब्यद्वारा स्वागत गरेका थिए भने अम्मर खड्काले कार्यक्रम संचालन गरेका थिए ।

नेपाली राष्ट्रिय गीतको धुन सँगै कार्यक्रमको सुरुवात गरीएको थियो भने  कार्यक्रम सभापती, प्रमुख अतिथी,  अतिथीहरुले सामुहिक रुपमा लक्ष्मी प्रसाद देवकोटाको तस्बिरमा पुष्प अक्षता अर्पण गरी कार्यक्रम उद्घाटन गरीएको थियो  ।

कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिन्देन, पत्रकार महासंघ कुवेत शाखाका प्रतिनिधी माधब शाही, जिफन्ट सपोर्ट ग्रुपका अध्यक्ष गणेश राउत, लुम्बिनी समाज नेपाल -कुवेतका अध्यक्ष रुपेन हमाल, माउन्टेन एभरेष्ट क्लबका अध्यक्ष इन्द्र पोखरेल, नयाँ शक्ति पार्टी नेपाल कुवेतका महासचिब जयराम थारु, पत्रकार नैना कला राई लगायतले लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्म जयन्तीको उपलक्ष्यमा शुभकामना मन्तब्य राखेका थिए।

बक्ताहरुले शुभकामना मन्तब्य संगै गजल, कविता, मुक्तक वाचनगरेका थिए भने प्रवासमा भए पनी लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्म जयन्ती मनाउन पाउँदा खुशी ब्यक्त गर्दै आयोजक प्रती आभार प्रकट गरेका थिए ।

समाजका महासचिब राज श्रेष्ठले लक्ष्मीप्रसाद देवकोटाको बारेमा प्रष्टाएका थिए । लक्ष्मीप्रसाद देवकोटाको शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु/गराउनु र वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन छ । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्न सक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ । चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच  पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उहाँको साहित्यिक विशेषता हो ।

सभापती हिमाल अन्जानले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

तस्वीरहरु हिमाली संचारको फेसबुक पेजमा हेर्नुहोस।

https://www.facebook.com/himalisanchar/videos/1945602139066825/

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...