News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आजको राशीफल हेरेर तपाईको शुभदिनको शुरुवात गर्नुस्

    आजको राशीफल “पौष-१७, मंगलबार २०८०”
    २९२ पटक

    श्री शाके १९४५ विस २०८० पौष १७ गते मंगलबार इश्वी सम्बत सन् २०२४ जनवरी २ तारीख पौषकृष्ण पक्ष षष्ठी तिथी पूर्वफाल्गुनी नक्षत्र सौभाग्य योग भद्रा करण चन्द्रमा सिंह राशिमा पश्चात कन्या राशिमा आनन्दादि योगमा धुम्र योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋृतु

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशी – चु, चे, चो, ला, लि, लु, ले, लो, अ: तपाईको पुरानो लगानी उठाउन समयले विशेष साथ दिने छ। शुभ चिन्तकहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहने छन् । आफन्तजनहरु सगँ टाढा भएको महसुस हुने छ । स्वास्थमा सामान्य सुधारको योग रहेको छ । सामाजिक कार्यमा समय ब्यतित हुने छ। आज तपाईको अध्ययन अध्यापनमा समय उत्तम रहेको छैन ।

    बृष राशी – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो: आज तपाईले गरिरहेका कार्यमा सामान्य तनाब उत्पन्न हुन सक्ने छ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनी हुने योग रहेको छ । अध्ययन अध्यापनमा समय ब्यतित गर्दा उत्तम रहने छ । यात्रामा विशेष साबधानी अपनाउनु पर्ने छ । लेनदेन सम्बन्धी कार्यमा विशेष सजग रहनु पर्ने छ ।

    मिथुन राशी – का, कि, कु, घ, ङ, छ, के, को, ह: आज तपाईको स्वास्थ्यमा सामान्य समस्या देखा पर्ने छ । परीवारजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्नहुन सक्छ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहने छ । तपाईले गरिरहेको कार्यका मान्यजनहरुको मार्गदर्शन अबलम्वन नर्गनाले सामान्य तनाबमा हुने योग रहेको छ ।

    कर्कट राशी – हि, हु, हे, हो, डा, डि, डु, डे, डो: बल तथा पराक्रममा बृद्धि हुने छ । नयाँ मित्रजनहरु सगँको भेटघाटमा मन थप प्रशन्न रहने छ। मनोरञ्जनपुर्ण यात्राको सम्भावना रहेको छ। नयाँकार्यको थालनी निकै उत्पादन मुलक साबित रहनेछ। अधुराकार्यहरु संचालन गर्न समय उत्तम रहेको छ । पठनपाठनमा लगाईएको समय राम्रो रहने छ ।

    सिंह राशी – मा, मि, मु, मे, मो, टा, टि, टु, टे: अरुको प्रशन्नताका निम्ति सामान्य खर्चको सम्भावना रहेको छ । आफन्तजनहरु सगँ सामान्य वादविवादका कारण मनमुटाव हुन सक्ने छ । खानपानका कारण स्वास्थ्यमा सामान्य तनाब उत्पन्न हुन सक्ने छ । अरुप्रति गरीएको पूर्ण विश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्ने छ ।

    कन्या राशी – टो, प, पि, पु, ष, ण, ठ, पे, पो: पारीवारिक साथ सहयोगबाट कार्य क्षेत्रमा विशेष फाईदा हुने छ । अध्ययन अध्यापनमा समय उत्तम रहने छ। सामान्य कार्यमा अधिक समय ब्यतित हुन सक्ने छ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला। जीवन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्ने छ ।

    तुला राशी – र, रि, रु, रे, रो, ता, ति, तु, ते: अरुको छिटो विश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ। यात्रामा साबधानी अपनाउनु पर्ने छ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्ने हुन सक्छ । तपाईले गरिरहेको कार्य क्षेत्र समेत परिबर्तनका सम्भावना रहेको छ ।

    बृश्चिक राशी – तो, ना, नि, नु, ने, नो, या, यि, यु: मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनी हुने योग रहेको छ । पठनपाठनका क्षेत्रमा खर्चिएको समय निकै उत्तम साबित रहने छ । कला कौशलका क्षेत्रमा समय ब्यतित गर्दा आम्दानी तथा मनोरञ्जन दुबै प्रशस्त प्राप्त हुने छ । व्यापार ब्यवसायमा नयाँ लगानी गर्दा उत्तम हुने छ ।

    धनु राशी – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे: मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहने छ । तपाईले गरिरहेका कार्यमा विभिन्न कारण ढिलाईको सामना गर्नु पर्ने छ। भौतिक साधनको प्रयोगमा विशेष साबधानी अपनाउनु पर्ने समय रहेको छ ।

    मकर राशी – भो, ज, जि, खि, खु, खे, खो, गा, गि: नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुने छ । अरुप्रति गरीएको पूर्ण विश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्ने छ । मनोरञ्जनपूर्ण यात्राको सम्भावना रहेको छ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहने छ । आफन्तजनहरुसगँ सामान्य वादविवादको सम्भावना रहेको छ ।

    कुम्भ राशी – गु, गे, गो, सा, सि, सु, से, सो, द: सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । तपाईले गरिरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भावना रहेको छ । खानपानका कारण स्वास्थ्यमा सामान्य तनाब उत्पन्न हुन सक्ने छ । नयाँ लगानिका क्षेत्रमा विशेष साबधानी अपनाउनु पर्ने समय रहेको छ । अरुप्रति गरिएको विश्वासमा धोका हुन सक्ने छ ।

    मिन राशी – दि, दु, थ, झ, ञ, दे, दो, च, चि: पारीवारिक साथसहयोगद्वारा ब्यापार ब्यवसायमा मनग्य लाभ उठाउन सकिने छ । तपाईको कार्यक्षेत्रमा लगाईएको लगनसिलताको कदर हुने योग रहेको छ । साझेदारी कार्य मार्फत उत्तम आम्दानी प्राप्त गर्न सकिने छ। सभासम्मेलन सहभागिता जनाउने अवसर प्राप्त हुने योग रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...

    कालीगण्डकी करिडोरले बदलिँदै दुर्गमको परिचय

    गण्डकी। काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको होटलको शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ।...