News Portal

  • राशीफल हेरेर आजको शुभदिनको शुरुवात गर्नुस् (पौष-१६, सोमबार २०८०)

    आजको राशीफल, पौष-१६, सोमबार २०८०
    ३०९ पटक

    श्री शाके १९४५ विस २०८० पौष १६ गते सोमबार इश्वी सम्बत सन् २०२४ जनवरी १ तारीख पौषकृष्ण पक्ष पञ्चमी तिथी मघा नक्षत्र पश्चात पूर्वफाल्गुनी नक्षत्र आयुष्मान योग गर करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा ध्वाँक्ष योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋृतु इश्वी सन २०२४ प्रारम्भ राष्ट्रिय मेलमिलाप दिवस ।

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशी – चु, चे, चो, ला, लि, लु, ले, लो, अ: प्रतिश्पर्दीहरु सवल रहनाले कार्यसम्पादनमा विशेष सावधान रहनु पर्ने समय रहेको छ। विश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेको छ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त हुने छ । सामान्य खर्च हुने योग रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेको छ।

    बृष राशी – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो: अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ । अनावश्यक खर्चको सम्भाबना रहेको छ। कार्य क्षेत्रमा मन लागेपनि सामान्य ट्रुटीले मानशिक चिन्ता दिलाउने छ। तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्ने सम्भावना रहेको छ ।

    मीथुन राशी – का, कि, कु, घ, ङ, छ, के, को, ह: सवारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ। खानपानको क्षेत्रमा सजग रहनु होला। प्रेम सम्बन्धमा सुधार आउने छ । पारीबारीक झोर झमेला सताउन सक्ने छ। मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ। मातृ पक्षको सहयोले बौदिक विकासमा जुट्ने समय रहेको छ ।

    कर्कट राशी – हि, हु, हे, हो, डा, डि, डु, डे, डो: मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ। एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला। नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ । कुराकाट्ने ब्यक्तिबाट टाढै रहनु होला। पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला। सामान्य यात्रा पश्चात कार्य सिद्धि हुन सक्ला ।

    सिंह राशी – मा, मि, मु, मे, मो, टा, टि, टु, टे: मनमा सामान्य डर पैदा हुने साथै मनमा चञ्चलताले बास गर्ने छ । बोलिको प्रभावको कारणले मान्यजनको साथ पाईने छ। स्वास्थ्य सम्बन्धि समस्यामा सुधार आउने छ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्ने छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

    कन्या राशी – टो, प, पि, पु, ष, ण, ठ, पे, पो: भौतिक सुख साधन प्राप्त हुनेछ। शारीरिक आलस्यले सताउन सक्छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ। मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ। हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाईदा हुनेछ। संगित तर्फ रुची जाग्ने छ ।

    तुला राशी- र, रि, रु, रे, रो, ता, ति, तु, ते: प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ। ब्यापार ब्यवसायबाट राम्रो आम्दानि हुने योग रहेको छ । सामान्य क्षती ब्यर्होनु पर्ला । कुराकाट्ने हरुको बृद्धि हुने छ । परोपकार को क्षेत्रमा मन जानेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

    बृश्चिक राशी – तो, ना, नि, नु, ने, नो, या, यि, यु: मित्रजनको सहयोग प्राप्त हुनेछ। बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ। बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला। धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा विशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

    धनु राशी- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे: पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । नयाँ कार्यको थालनीले मन प्रशन्न रहला। आम्दानी क्षेत्र सबल रहेको छ। शुभचिन्तकहरुको संख्यामा बृद्धि हुने छ। गायन क्षेत्रमा रुची जाग्ने योग रहेको छ ।

    मकर राशी – भो, ज, जि, खि, खु, खे, खो, गा, गि: आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भावना रहेको छ। मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु-भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्ने छ ।

    कुम्भ राशी – गु, गे, गो, सा, सि, सु, से, सो, द: बोलिको कारण साधारण समस्या आउन सक्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउला । स्तान्तरणको योग रहको छ । स्वास्थ्य सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भावना रहेको छ ।

    मिन राशी -दि, दु, थ, झ, ञ, दे, दो, च, चि: ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने छ। अरुको विश्वास गर्नाले धोका हुन सक्छ । आम्दानी क्षेत्र सवल रहेता पनि स्वास्थ्यमा सामान्य बाधा आईपर्ने छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमाले विधान महाधिवेशन : तयारी अन्तिम चरणमा, २३ सयभन्दा बढी सहभागी हुने

    काठमाडौँ, भदौ १ – नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म आयोजना हुने दोस्रो...

    कुवेत सुरक्षासंस्थाले मेथानोल आपराधिक नेटवर्क विघटन अवैध कारखाना नियन्त्रण

    कुवेत -कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री महामहिम शेख फहद युसुफ साउद अल–सबहको संरक्षणमा र आन्तरिक...

    आज २०८२ साल भदौ १ गतेको राशिफल

    आज भदौ १, २०८२ (अगस्त १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...